नेभिगेशन
समाज

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भागमा आंशिक बदली रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

Ncell
Extreme Energy

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ । 

कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै बाँकी तराई क्षेत्रका एकदुई स्थानमा  हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना  छ ।

त्यसैगरी, आज राति  हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना  छ । साथै मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा...
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...