नेभिगेशन
समाज

दक्षिण पूर्वी एसियाका देशहरुमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरकाे ठगीमा परेका ६ सय १६ नेपालीको उद्धार

काठमाडौँ । दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएको छ । 

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएको र अन्य ठगीमा परेका नेपालीहरुको उद्दार कार्य जारी रहेको जानकारी दिए । कम्बोडियाबाट ४ सय ९१, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जनाको उद्धार गरी नेपाल फर्काइएको उनले बताए । उनले पछिल्लो तीन वर्षमा २१ हजारभन्दा बढी नेपाली कम्बोडिया भ्रमणमा गएको तथ्याङ्क प्रस्तुत गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको र नेपालीहरुको सुरक्षाका लागि सरकार गम्भीर रहेको धारणा राखे । 

Marvel
Extreme Energy

पश्चिम एसिया क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालमा पर्नसक्ने प्रभावका बारेमा अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन समेत बुझाइसकिएको उनले बताए । उनलेृ इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको र मन्त्रालय पीडितको परिवार र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए । 

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपाल सरकारको स्पष्ट अडान रहेको भन्दै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकिएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...