नेभिगेशन
सबै कुरा

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तामाकोशीका वडा अध्यक्ष कारागार चलान, महेन्द्र र अर्यालको बयान जारी

पाेखरा । सहकारी उपाध्यक्ष समेत रहेका रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ का वडा अध्यक्ष कैलाशकुमार दर्लामी पूर्पक्षका लागि कारागार चलान भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार पक्राउ परेको दर्लामीलाई सोमबार जिल्ला अदालतले कास्कीले थुनामा पठाउने आदेश दिएको हो । सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड बढी बचत हिनामिना गरेको भन्दै १९ जना विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । 

Ncell
Extreme Energy

सहकारी सञ्चालक जिबी राई सहित फरार रहेका १८ जना मध्ये दुई जना सोमबार आफै अदालतमा हाजिर भएका छन् ।

फरार रहेका सहकारी पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल कास्की जिल्ला अदालतमा हाजिर भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । 

भोटे र अर्यालको मंगलबार अदालतमा बयान लिइएको र बुधबार पनि जारी रहने एसपी थापाले जानकारी दिए । बयान चलिरहेकाले अहिले उनीहरुलाई प्रहरीले हिरासतमै राखेको छ । 

महेन्द्र युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन् भने उनी गएको स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए ।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् । फरार हुनेहरुमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ फरार छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विदेशी मुद्राको विनिमयदर : घट्यो अमेरिकी डलरको मूल्य

विदेशी मुद्राको विनिमयदर : घट्यो अमेरिकी डलरको मूल्य

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८...
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।