नेभिगेशन
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

काठमाडौँ । यस बर्षातको समयमा कसैले पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न नपरोस् भन्ने करुणामय भावनाका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा– २०८३’ को थालनी गरिएको छ ।

यही वैशाख वैशाख २७ देखि जेठ २२ गतेसम्म हुन लागेको यस अभियानको आज मेची पुलबाट औपचारिक शुभारम्भ हुँदैछ । यात्राको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटीले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा मानव सेवा आश्रयमले राज्यलाई पुर्‍याएको सहयोग महत्वपूर्ण रहेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यस मानवीय कार्यमा राज्यका तीनै तहका सरकारहरुको सहयोग आवश्यक पर्ने बताएका छन्। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुक सुनिता डङ्गोलले महानगरपालिकालाई स्वच्छ, सभ्य र व्यवस्थितसँगै आश्रयहीन बन्न पुगेका सडक मानवहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजाने नीति रहेको प्रस्ट पारेकी छन्।

Marvel
Extreme Energy

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले समाज सेवाभन्दा अर्को ठूलो पुण्य कार्य नभएको बताउँदै मानव कल्याणमा लाग्न सबैलाई आग्रह गरे।
गायिका आनी छोइङले मानव सेवा आश्रमको सेवाभावबाट आफूलाई सक्रिय रुपमा समाज सेवामा लाग्न प्रेरित गरेको बताउँदै मानव सेवामा गरिएको लगानी जीवनपर्यन्तसम्म आत्मसन्तुष्टि र वास्तविक पुण्य प्राप्त हुने बताइन्।

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले नाथैनाथले बास गरेको हाम्रो देश नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरूले कसैले पनि अनाथ भएर बस्न नपर्ने राष्ट्र निर्माण गर्न मानवता, करुणा, सेवा, प्रेम र सद्भावनालाई अझ मजबुत बनाउँदै लैजान यस अभियानको थालनी गरिएको बताउँदै आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा तेस्रोपटक यो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

गायिका एवं समाजसेवी आनीछोइङ डोल्माको नेतृत्वमा २६ जना स्वंसेवकले यात्रामा परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकहरुको उद्धार गरी आश्रमका देशका विभिन्न जिल्लामा रहेका आश्रमहरुमा पुनस्र्थापित गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...