नेभिगेशन
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

काठमाडौँ । यस बर्षातको समयमा कसैले पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न नपरोस् भन्ने करुणामय भावनाका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा– २०८३’ को थालनी गरिएको छ ।

यही वैशाख वैशाख २७ देखि जेठ २२ गतेसम्म हुन लागेको यस अभियानको आज मेची पुलबाट औपचारिक शुभारम्भ हुँदैछ । यात्राको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटीले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा मानव सेवा आश्रयमले राज्यलाई पुर्‍याएको सहयोग महत्वपूर्ण रहेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यस मानवीय कार्यमा राज्यका तीनै तहका सरकारहरुको सहयोग आवश्यक पर्ने बताएका छन्। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुक सुनिता डङ्गोलले महानगरपालिकालाई स्वच्छ, सभ्य र व्यवस्थितसँगै आश्रयहीन बन्न पुगेका सडक मानवहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजाने नीति रहेको प्रस्ट पारेकी छन्।

Ncell
Extreme Energy

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले समाज सेवाभन्दा अर्को ठूलो पुण्य कार्य नभएको बताउँदै मानव कल्याणमा लाग्न सबैलाई आग्रह गरे।
गायिका आनी छोइङले मानव सेवा आश्रमको सेवाभावबाट आफूलाई सक्रिय रुपमा समाज सेवामा लाग्न प्रेरित गरेको बताउँदै मानव सेवामा गरिएको लगानी जीवनपर्यन्तसम्म आत्मसन्तुष्टि र वास्तविक पुण्य प्राप्त हुने बताइन्।

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले नाथैनाथले बास गरेको हाम्रो देश नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरूले कसैले पनि अनाथ भएर बस्न नपर्ने राष्ट्र निर्माण गर्न मानवता, करुणा, सेवा, प्रेम र सद्भावनालाई अझ मजबुत बनाउँदै लैजान यस अभियानको थालनी गरिएको बताउँदै आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा तेस्रोपटक यो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

गायिका एवं समाजसेवी आनीछोइङ डोल्माको नेतृत्वमा २६ जना स्वंसेवकले यात्रामा परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकहरुको उद्धार गरी आश्रमका देशका विभिन्न जिल्लामा रहेका आश्रमहरुमा पुनस्र्थापित गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा...
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...