नेभिगेशन
समाज

स्थायी दरबन्दीमा सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीद्वारा प्रदर्शन

काठमाडौँ । स्वास्थ्य क्षेत्रको स्थायी दरबन्दीमा सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । 

स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्दा हेल्थ असिस्टेन्ट, सिएमए, फार्मेसी, ल्याब टेक्निसियनलाई भने गरिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफुहरुलाई दरबन्दीमा उचित स्थान नदिनु, वर्षौँदेखि सेवा गर्दै आएका जनशक्तिलाई वेवास्ता गर्नु र ग्रामीण स्वास्थ्य सेवामा मूख्य भूमिका खेल्ने स्वास्थ्यकर्मीमाथि विभेद भएका कारण आफुहरु आन्दोलनमा उत्रिनुपरेको उनीहरुले जनाएका छन् । साथै उनीहरुले स्वास्थ्य क्षेत्रमा समान अवसरको व्यवस्था गर्न समेत माग गरेका छन् ।

Marvel
Extreme Energy

आन्दोलनमा सहभागीहरुले एचए, सिएमए को अधिकार खोस्न पाइदैन, सवैलाई समान सम्मान चाहिन्छ, सवै स्वास्थ्य विधाका लागि समान सरकारी लोकसेवा परिक्षा चाहिन्छ, स्वास्थ्यकर्मी नचिन्ने स्वास्थ्य मन्त्री चाहिदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेतो कोटमा हिमालय पार

सेतो कोटमा हिमालय पार

चीन र नेपाल हिमाल र नदीले जोडिएका छिमेकी मुलुक हुन्। हिमालय हाम्रो साझा प्राकृतिक सम्पदा मात्र होइन, दुई देशका जनताबीचको मित्रता र आत्मीयताको प्रतीक पनि हो।
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...