नेभिगेशन
सबै कुरा

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा, आजै प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिन नेपाल भ्रमणका लागि नेपाल आउँदैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी भारतीय विशेष विमानमार्फत  बिहान  १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । 

Ncell
Extreme Energy

उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने कार्य तालिका रहेको छ । विदेशमन्त्री जयशंकरले आजै ११ बजे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नेछन् भने १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्नेछन् । 

त्यस्तै दिउसो १ बजे याक एण्ड यतिमा परराष्ट्रमन्त्री एनपी साउँदसँग वार्ता हुनेछ । आजे सवा १ बजे याक एण्ड यतिमा नेपाल भारत आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् ।

यस्तै पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका रहेको बताइएको छ ।

विदेशमन्त्री जयशंकरले अपरान्ह् ३ः ४० मा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने भने साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नेछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...