नेभिगेशन
सबै कुरा

जयशंकरको नेपाल भ्रमणमा विद्युत व्यापार देखि अनुदानसम्म के के हुँदैछन् सम्झौता ?

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाट पछि भारत र नेपालबीच दीर्घकालीन सम्झौताहरूमा हस्ताक्षर गर्ने छन् ।

दिउसो १ बजे होटल याक एण्ड यतीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्। बैठकमा नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता हुने छ । सम्झौता भएसँगै नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने बाटो खुल्ने छ । उक्त सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गर्ने छन् । 

तर यो सम्झौताले कहिले, कति मेगावाट र कति मूल्यमा खरिदबिक्री गर्ने भन्ने लगायतका विषय भने टुंगो लगाउने छैन । 

यस्तै बैठकमा नेपालले बङ्गलादेशलाई विद्युत निर्यात गर्ने विषयमा भारतले सहजीकरण गर्ने विषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । 

यस्तै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयनका विषयमा पनि छलफल हुने छ । साथै पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानका लागि हवाई रुटका विषयमा पनि छलफल हुने छ । 

यस्तै भारतले साना पूर्वाधार निर्माणमा दिने अनुदानको सीमा ५ करोडबाट २० करोड पुर्याउने सम्झौतामा पनि हस्ताक्षर हुने छ । परराष्ट्रमन्त्रालयका अनुसार यी दुवै पक्ष मिलेर एजेण्डा तय गरिएकाले बिहीबार हस्ताक्षर हुने छ । 

बैठकमा सहभागी हुन भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायत रहनेछन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगाना सहभागी हुनेछन् । त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच बिहीबार यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई...

भर्खरै