नेभिगेशन
सबै कुरा

जयशंकरको नेपाल भ्रमणमा विद्युत व्यापार देखि अनुदानसम्म के के हुँदैछन् सम्झौता ?

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाट पछि भारत र नेपालबीच दीर्घकालीन सम्झौताहरूमा हस्ताक्षर गर्ने छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिउसो १ बजे होटल याक एण्ड यतीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्। बैठकमा नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता हुने छ । सम्झौता भएसँगै नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने बाटो खुल्ने छ । उक्त सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गर्ने छन् । 

Ncell
Extreme Energy

तर यो सम्झौताले कहिले, कति मेगावाट र कति मूल्यमा खरिदबिक्री गर्ने भन्ने लगायतका विषय भने टुंगो लगाउने छैन । 

यस्तै बैठकमा नेपालले बङ्गलादेशलाई विद्युत निर्यात गर्ने विषयमा भारतले सहजीकरण गर्ने विषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । 

यस्तै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयनका विषयमा पनि छलफल हुने छ । साथै पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानका लागि हवाई रुटका विषयमा पनि छलफल हुने छ । 

यस्तै भारतले साना पूर्वाधार निर्माणमा दिने अनुदानको सीमा ५ करोडबाट २० करोड पुर्याउने सम्झौतामा पनि हस्ताक्षर हुने छ । परराष्ट्रमन्त्रालयका अनुसार यी दुवै पक्ष मिलेर एजेण्डा तय गरिएकाले बिहीबार हस्ताक्षर हुने छ । 

बैठकमा सहभागी हुन भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायत रहनेछन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगाना सहभागी हुनेछन् । त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।