नेभिगेशन
बजार

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

काठमाडाैँ । सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुने तथा खरिदको समयमा नै रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्ने अवसर पाउने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम अब आगामी कार्तिक २८ (नोभेम्बर 14) मा गरिने भएको छ। 

Ncell
Extreme Energy

यसअघि कार्तिक २१ (नोभेम्बर 7) गते लक्की ड्र रिभिल गर्ने जानकारी भए पनि, ग्राहकहरूलाई अझ बढी सहभागी हुन अवसर उपलब्ध गराउने उद्देश्यले रिभिल मिति सारिएको कम्पनीले जनाएको छ।

लक्की ड्रबाट विजेताहरूको नाम घोषणा सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) द्वारा गरिनेछ।

प्रत्येक सहभागी ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्।
•    बम्पर उपहार: बजाज पल्सर 150cc मोटरसाइकल
•    दोस्रो प्रमुख उपहार: TVS NTORQ 125 स्कुटर
•    अन्य आकर्षक उपहारहरू: स्मार्ट टिभी तथा स्मार्टफोन

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको यस अफरले नेपालभरका टाटा सवारीसाधन प्रयोगकर्ताहरूबाट उच्च उत्साह र सकारात्मक प्रतिक्रिया पाउँदै आएको कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरूलाई कार्तिक २७ (नोभेम्बर 13) भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ । 

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरीय, पूर्ण रूपमा टाटाद्वारा प्रमाणित तथा सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायत महत्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्दै गाडीको प्रदर्शनलाई अझ सुदृढ बनाउने विशेष गुणले सम्पन्न छन्। यसैले टाटा जेन्युइन पार्ट्स नेपालभर व्यावसायिक तथा निजी दुवै प्रकारका सवारी प्रयोगकर्ताहरूको पहिलो विश्वासको प्रतीक बनेको कम्पनीको भनाइ छ।

नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. ले सदैव सक्कली पार्ट्स तथा गुणस्तरीय बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वासलाई निरन्तरता दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...