नेभिगेशन
समाज

विराटनगरमा सुकुम्वासी प्रदर्शन, विकल्पसहित उठाउन आग्रह

काठमाडौँ । विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्बासीहरुले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले विराटनगर स्थित संसारी माइस्थानबाट शुरु गरेको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्नामा दिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमिहीन सुकुम्बासी संयुक्त संघर्ष समिति मोरङको आव्हानमा मोरङका विभिन्न पालिकाबाट जम्मा भएका सुुकुम्बासीहरुले डोजर आतंकबन्द गर, विकल्प नदिई उठिबास लगाउन पाइदैन जस्ता नारा लगाएका थिए ।

Marvel
Extreme Energy

धर्ना कार्यक्रममा सहभागिहरुले सुकुम्बासीहरुलाई बसोबासको व्यवस्था गर्नु सरकारको जिम्मेवारी र दायित्व भएको बताएका थिए । उनीहरुले डोजर आतंक बन्द गर्न आग्रह गर्दै अव्यवस्थित बसोबासीहरुलाई पनि उचित बसोबासको व्यवस्था मिलाउन माग गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...