नेभिगेशन
सबै कुरा

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट हुने  भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आज आवेदन माग गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै गुणका आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो । 

Ncell
Extreme Energy

आज प्रकाशित सूचनाअनुसार यसका लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ । आवेदकले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चारवर्षे व्यावसायिक कार्ययोजनासमेत प्रस्तुत गर्नुपर्ने छ । 

प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक ‘क्यालेण्डर’लाई कडाइका साथ लागू गर्नुपर्ने तथा विश्वविद्यालयको प्राज्ञिक वातावरण निर्माण गर्न सबै विश्वविद्यालयलाई तत्काल कार्ययोजना पेस गर्नसमेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...