नेभिगेशन
समाज

सप्तकोशीको टापुबाट ४ सय ७५ किलो गाँजा बरामद

उदयपुर । उदयपुर सीमास्थित सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले ४७५ किलोग्राम गाँजा बरामद गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बरामद गरिएको वस्तु को नापतौल गर्दा बोरा सहित ४ सय ८० केजी बोरा बाहेक ४ सय ७५ केजी रहेको सशस्त्र प्रहरीले जनाएको छ। 

Ncell
Extreme Energy

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर मातहत, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट इन्सपेक्टर मेघराज राउतको कमाण्डमा ५ जना र सुरक्षा वेश रामपुरका इन्स्पेक्टर राजविक्रम खड्काको कमाण्डमा ५ जना सहित १० जना  खटिएको टोलीले गाँजा बरामद गरेको हो ।

नदीको बीच टापुमा भएकोले सशस्त्र प्रहरीले रबर  बोटको प्रयोग गरी गाँजा बरामद गरी नदीबाट बाहिर निकालेको थियो । बरामद गाँजा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यलय महेन्द्रनगर , चक्रघट्टी सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

गत असारमा समेत उदयपुरको कटारी नगरपालिका  ३ स्थित सशस्त्र बेश क्याम्प कटारीमा उनै सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतकै कमाण्डमा असार ३० गते  ४ सय ३६  किलो अवैध गाँजा बरामद गरेको थियो ।  कटारी बाट सिराहा तर्फ बोलेरोमा लुकाई छिपाई  लाँदै गरेको अवस्थामा को १ ज १२७५ नम्बरको बुलेरो सहित चालक तेज राई पक्राउ परेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।