नेभिगेशन
समाज

सप्तकोशीको टापुबाट ४ सय ७५ किलो गाँजा बरामद

उदयपुर । उदयपुर सीमास्थित सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले ४७५ किलोग्राम गाँजा बरामद गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बरामद गरिएको वस्तु को नापतौल गर्दा बोरा सहित ४ सय ८० केजी बोरा बाहेक ४ सय ७५ केजी रहेको सशस्त्र प्रहरीले जनाएको छ। 

Ncell
Extreme Energy

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर मातहत, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट इन्सपेक्टर मेघराज राउतको कमाण्डमा ५ जना र सुरक्षा वेश रामपुरका इन्स्पेक्टर राजविक्रम खड्काको कमाण्डमा ५ जना सहित १० जना  खटिएको टोलीले गाँजा बरामद गरेको हो ।

नदीको बीच टापुमा भएकोले सशस्त्र प्रहरीले रबर  बोटको प्रयोग गरी गाँजा बरामद गरी नदीबाट बाहिर निकालेको थियो । बरामद गाँजा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यलय महेन्द्रनगर , चक्रघट्टी सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

गत असारमा समेत उदयपुरको कटारी नगरपालिका  ३ स्थित सशस्त्र बेश क्याम्प कटारीमा उनै सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतकै कमाण्डमा असार ३० गते  ४ सय ३६  किलो अवैध गाँजा बरामद गरेको थियो ।  कटारी बाट सिराहा तर्फ बोलेरोमा लुकाई छिपाई  लाँदै गरेको अवस्थामा को १ ज १२७५ नम्बरको बुलेरो सहित चालक तेज राई पक्राउ परेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...