नेभिगेशन
सबै कुरा

झापामा हात्ती आतंक : डेढ वर्षमा १२ जनाको मृत्यु, १३ घाइते

झापा ।  जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैर नेपालीसहित ६ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । यसैगरी, विसं २०७९ मा ७ जनाको मृत्यु र ८ जना घाइते भएको उनले जानकारी दिए । 

Ncell
Extreme Energy

सोही अवधिमा ६ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ । गत वर्ष ३ र चालु आर्थिक वर्षमा ३ गरी ६ हात्ती मरेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा ७ गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।

जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन ।

मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेल बताउँछन् । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका छन् ।

गत कात्तिक १९ गते बाहुनडाँगीको गौडाबाट नेपाल प्रवेश गरेका ३६  हात्तीले हाल मोरङ र सुनसरीमा बितण्डा मच्चाइरहेका छन् । एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का सीताराम वाँस्तोलाले बताए। एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन् ।

सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ । अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले १० लाख राहत दिने व्यवस्था छ ।

सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजारसम्म दिने कानुनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि टेकुबाट एलपी ग्यास वितरण सुरु

उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि टेकुबाट एलपी ग्यास वितरण सुरु

हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल...
सहकारी कसुर हेर्ने छुट्टै इजलास गठनकाे माग सहित  मन्त्री रावलले बुझाइन्  प्रधानन्यायाधीशलाई प्रतिवेदन

सहकारी कसुर हेर्ने छुट्टै इजलास गठनकाे माग सहित  मन्त्री रावलले बुझाइन्  प्रधानन्यायाधीशलाई प्रतिवेदन

कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक, ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक–आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। यस्ता मुद्दाको प्रभावकारी...
तीन लाख घुस  माग्ने  भूमि प्रशासनका कर्मचारीसहित पाँच नियन्त्रणमा

तीन लाख घुस माग्ने भूमि प्रशासनका कर्मचारीसहित पाँच नियन्त्रणमा

कार्यालयका नायबसुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवालसमेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग तीन लाख...
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म,...