नेभिगेशन
जनप्रतिनिधिका कुरा

‘पुरानै हल’बाट आउने छ नयाँ बजेट


काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बजेट सार्वजनिक गर्दै छ।

अपरान्ह ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि साढे २ बजे बजेट पारित गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने मन्त्रिपरिषदको बैठकले बजेट पारित भएपछि प्रधानमन्त्री र अन्य मन्त्रीहरुसँगै अर्थमन्त्री संसदको बैठकमा जाने छन् ।

Ncell
Extreme Energy

यसअघि सरकार र संसद् सचिवालयले निर्माणाधीन संसद् भवनको नयाँ हलबाट बजेट सार्वजनिक हुने बताउँदै आएकोमा आज अर्थमन्त्रीले बहुउद्देश्यीय हलमै बस्ने बैठकमा बजेट भाषण गर्नेछन् ।

नयाँ हल तयार भए पनि केही प्राविधिक काम बाँकी रहेकाले बहुउद्देश्यीय हलमै आज बैठक बस्ने र त्यहीँ अर्थमन्त्रीले बजेट भाषण संसद् सचिवालयले जनाएको छ ।

गएको छैत १२ गतेदेखि नै प्रतिनिधिसभाको बैठक त्यही बहुउद्देश्यीय हलमा बस्दै आएको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।