नेभिगेशन
समाज

न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ प्रयत्नशील रहने छुः प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएका छन्।

सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलंबन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो प्रयन्त हुने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभई अन्तिम विकल्पको रूपमा विकास गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताए।

Ncell
Extreme Energy

संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने उनले बताए। प्रधानन्यायाधीश शर्माले संविधानले परिकल्पना गरेबमोजिम न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र थप जनउत्तरदायी बनाउन सके आम नागरिकको विश्वास आर्जन गर्न सकिने धारणा व्यक्त गरे।

उनले न्यायिक सुधारका योजना कार्यान्वयन गर्ने कार्यमा प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिका हुने भए पनि न्यायाधीश तथा कर्मचारीहरूको समन्वनात्मक सहकार्यबाट मात्रै न्यायालयको सुधार र सुदृढीकरण सम्भव हुने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।