नेभिगेशन
सबै कुरा
राष्ट्रिय सभा निर्वाचन

यी हुन् राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका १० उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय सभाका लागि कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन् भने मधेशमा केन्द्रीय सदस्य तथा पार्टीको अनुशासन समितिको संयोजक समेत रहेका आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । 

Ncell
Extreme Energy

यस्तै वाग्मतीमा महिला संघ काठमाडौंको पूर्व अध्यक्ष विष्णु देवी पुडासैनी र तरुण दलको पूर्व अध्यक्ष जितजंग बस्नेतले टिकट पाएका छन् ।

यस्तै गण्डकीमा प्रदेश महामन्त्री किरण बाबु श्रेष्ठ र अपाङ्गता भएका पदम बहादुर परियारले टिकट पाएका छन् ।

लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् । गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन् ।

कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छन् ।

सुदूरपश्चिममा कैलालीका पार्टी सभापति नारायणदत्त भट्ट र कञ्चनपुरका पूर्व सभापति बलदेव बोहराले टिकट पाएका छन् ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।