नेभिगेशन
सबै कुरा
राष्ट्रिय सभा निर्वाचन

यी हुन् राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका १० उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय सभाका लागि कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन् भने मधेशमा केन्द्रीय सदस्य तथा पार्टीको अनुशासन समितिको संयोजक समेत रहेका आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । 

Extreme Energy

यस्तै वाग्मतीमा महिला संघ काठमाडौंको पूर्व अध्यक्ष विष्णु देवी पुडासैनी र तरुण दलको पूर्व अध्यक्ष जितजंग बस्नेतले टिकट पाएका छन् ।

यस्तै गण्डकीमा प्रदेश महामन्त्री किरण बाबु श्रेष्ठ र अपाङ्गता भएका पदम बहादुर परियारले टिकट पाएका छन् ।

लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् । गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन् ।

कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छन् ।

सुदूरपश्चिममा कैलालीका पार्टी सभापति नारायणदत्त भट्ट र कञ्चनपुरका पूर्व सभापति बलदेव बोहराले टिकट पाएका छन् ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।