नेभिगेशन
कानूनका कुरा

आफ्नो कानुन आफै बनाउने कानुनमन्त्री सोविता गौतमको निर्णयले जनता उत्साहित, धमाधम सुझाव पठाउँदै

लिभ इन रिलेसनसीपदेखि रोमियो जुलियट ल र सम्पत्ति अधिकारसम्मको सुझाव प्राप्त

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नागरिकका लागि सुरु गरेको आफ्नो कानुन आफै बनाउने अभियानले गति लिएको छ । यो अभियानमा नागरिकहरु धमाधम जोडिँदै सुझाव दिइरहेका छन् ।

जनताले पहिला कानुनबारे जान्नुपर्छ र त्यसपछि कानुन बनाउनुपर्छ भन्ने उद्देश्यका साथ मन्त्री गौतमले कानुन मन्त्रालयको वेबसाइटमा गएर अनलाइनबाट सुझाव लिने व्यवस्था मिलाएकी छिन् । कानुन मन्त्री गौतमको यो अभियानमा हालसम्म सयभन्दा बढी सुझाव प्राप्त भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सधै कानुनको स्रोत सरकारमात्र होइन नागरिक पनि बन्नुपर्छ, जनताले आफ्नो कानुन आफै बनाउन पाउनुपर्छ भन्ने उद्देश्यका साथ १८ दिनअघि सुरु भएको मेक योअर ओन ल अभियानबारे मन्त्री गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै यस अवधिमा देशभरिबाट १०३ वटा महत्त्वपूर्ण सुझावहरू प्राप्त भएको, प्राप्त सुझावहरूमध्ये केही रोचक र विचारयोग्य रहेको उल्लेख गरेकी छिन् । 

Ncell
Extreme Energy

गौतमकाअनुसार १० वर्षसम्म सन्तान नभएको दम्पतीले धर्मपुत्र/पुत्री लिने व्यवस्थामा परिमार्जन गरी चिकित्सकले जाँच गरी दम्पतीले बच्चा पाउन सक्दैन भन्ने पुष्टि गरेमा उक्त मेडिकल रिपोर्टका आधारमा दम्पतीले तत्कालै धर्मपुत्र राख्न पाउने गरी कानुन बनाउन सुझाव आएको छ । 

यसैगरी झुटा मुद्दा लगाएर कानुनी झमेलामा फसेको व्यक्तिले अन्तिम फैसलामा सफाइ पाउँदा क्षतिपूर्त दिनुपर्ने सुझाव प्राप्त छ । 

लिभ इन रिलेसनसीप अर्थात लिभिङ टुगेदरलाई कानुन मान्यता दिनुपर्ने सुझाव प्राप्त भएको छ । यसैगरी रोमियो जुलियट ल अर्थात सहमतिमा रहेका नजिकका किशोर किशोरीबीच हुने यौन सम्बन्धलाई अब अलग ढंगले हेर्नुपर्छ भन्ने सुझाव प्राप्त भएका छन् । 

यसैगरी विवाहित महिलाले स्थायी वा अस्थायी ठेगाना आफ्नै इच्छाअनुसार घोषणा गर्न पाउनुपर्छ भनेर सुझाव प्राप्त भएका छन् ।  यसैगरी विहेभन्दा अगाडि नै सम्पत्तिको विषय टुंगो लगाएर श्रीमान र श्रीमतीले विहे गर्ने खालको सुझावहरु पनि आएको छ । 

मन्त्री गौतमले सुझावहरुलाई बृहत् अध्ययन गरेर कानुन निर्माणको बाटोमा अगाडि बढाउने बताइन् । उनले सामाज परिवर्तन गर्न आफूलाई लागेका महत्त्वपूर्ण सुझावहरु पठाउन र यसका लागि कानुन मन्त्रालयको वेबसाइटमा गएर सुझाव दिन अपिलसमेत गरेकी छिन् ।  

जनतालाई कानुन निर्माणमा जोड्ने किन ?

कानुन मन्त्री गौतमले नागरिकलाई कानुनबारे थाहा दिने र नयाँ कानुन निर्माण गर्दा  प्रत्यक्ष जोड्ने गरी अघि बढेको बताइन् । ‘जनतासँग प्रत्यक्षरुपमा कही न कही जोडिनुपर्छ, कानुन मार्फत जनताको आफूलाई निर्देशित हुने कानुन आफूलाई थाहा नहुने स्थिति सिर्जना हुनुहुँदैन । जनताले त्यसमा आफ्नो सहभागिता खोजिराखेका छन् र त्यसमा ठाउँ उपलब्ध गराउनुपर्छ भनेर भर्खरै मात्र नो योअर ल, मेक योर अन ल भनेर दुइटा थिममा हामीले एउटा पोर्टल कानुन मन्त्रालयमा लिंक गरेर सार्वजनिक गरेका छौं,’ उनले भनिन् । 

यसमा दुइटा उद्देश्य राखिएको उनले बताइन् । ‘हरेक नेपाली नागरिकलाई हामीले कानुनको अज्ञानता क्षम्य छैन भन्छौं । अर्काेतिर कानुन कसरी थाहा दिने भनेर हामीले काम गरिराखेका छौं । त्यसैले मुलभूत रुपमा हामीले आफ्नो कानुनको बारेमा थाहा पाउने भनेर नागरिकलाई भन्नुपर्ने र बुझाउनुपर्ने हुन्छ र नागरिकको पहुँचमा कानुन पुर्याउनुपर्छ । त्यसको लागि कानुन कसरी बुझाउने त त्यो पहुँच सरल बनाउनको लागि त्यो थिममा काम गर्न खोजेको हौं । अहिले त्यो पोर्टलमार्फत जुन कानुन मस्यौदा भइरहेको छ, र विधेयकको रुपमा संसदमा जाने तयारीमा छ, त्यो भन्दा अगाडि मस्यौदाको अवस्थामै रहँदा कानुन मन्त्रालयले सार्वजनिक गर्छ र त्यसमा पुरानो कानुन हो भने संशोधन गर्ने मस्यौदा छ, त्यो मस्यौदामा के सुझाव हो भनेर जनताले प्रत्यक्ष सुझाव दिन पाउँछन्,’ उनले भनिन् ।  

तर, त्यसभन्दा पहिला कानुनबारे जनतालाई बुझाउनुपर्ने उनको भनाइ थियो । ‘तर, कानुन तर्जुमा निकै जटिल प्रकृतिको हुन्छ, हत्पत्त अरु मान्छेले बुझिहाल्ने पनि हुँदैन । फलानो शब्दको सट्टा फलानो शब्द राखिएको भन्ने जनतालाई बुझ्दैन । त्यसमा हामीले के ठान्यौ भने पहिला त कानुन के छ भन्ने जनताले थाहा पाउनुपर्छ, अनि पहिला कानुन के छ र अब के बन्न लागेको भन्ने कुराको बल्ल सुझाव दिनसक्नुहुन्छ । त्यसकारण त्यो पोर्टलमा मस्यौदा पढ्न पाइन्छ, सँगै मुल कानुन पनि हामीले राखिदिएका छौं । र तल सुझाव दिनुअघि अनिवार्य मैले पढे है भनेर पढेको प्रमाणीत गरेर अनि बल्ल सुझाव दिन पाइन्छ,’ उनले भनिन् ।  

अहिले नेपाली समाजको बहस सामाजिक सञ्जालमा सीमित हुँदा बहसको ओज नै घटेको भन्दै पहिला कानुन के भनेर थाहा पाउने र अनि बल्ल सुझाव दिँदा सुझबुझसहितको सुझाव हुने अपेक्षा गरेको उनले बताइन् । तर, नेपाली समाजमा पछिल्लो चरित्र सतही सुझाव दिने रहेकोमा त्यसलाई चिर्नुपर्ने बताइन् । पोर्टलमा कानुन नपढी सुझाव दिन नपाइने व्यवस्था गरिएकाले कानुन थाहा बाध्यकारी रुपमै मद्दत गर्ने उनको भनाइ थियो । 

आफूलाई समस्याको रुपमा लागेका कुरा कानुन बनाउँदा सुझाव दिएर समेट्न लगाउने कुरालाई देशव्यापी रुपमै प्रवद्र्धन गर्नुपर्ने र आफ्नो कानुन आफै बनाउन जोड दिनुपर्ने उनको भनाइ थियो । ‘अहिले हामीसँग यति धेरै सुझाव आएका छन्, कानुन निर्माणको सवालमा, मस्यौदा र मौजुदा कानुनमा त्रुटि छन् भनेर सुझाव आइरहेका छन् । आम जनतालाई जोड्ने हिसाबले यो तयारी गरेका हौं,’ उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कानूनका कुरा
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।