नेभिगेशन
जनप्रतिनिधिका कुरा

सदनमा रोकिएको बजेटमाथि संसदीय समितिमा छलफल हुँदै

काठमाडौँ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेटमाथि संसदीय समितिमा छलफल हुँदैछ । 

सदनमा विपक्षी दलहरुको अवरोधले प्रभावित भएको बजेटको छलफल मिनी संसदको रुपमा रहेको समितिमा सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बजेटमाथि छलफल गर्न प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ । विहान ८ बजेदेखि बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी छन् । 

Ncell
Extreme Energy

संसद सचिवालयकाअनुसार आगामी आवको राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य-मुख्य व्यवस्थाका सम्बन्धमा अर्थ मन्त्री वाग्लेसँग छलफल हुन लागेको हो । 

प्रतिनिधि सभा र राष्ट्रिय सभामा विपक्षीको अवरोधले बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । बजेट असार मसान्तभित्र दुबै सदनबाट पारित गरिसक्नुपर्छ । 

यसैगरी बजेटसँग सम्बन्धित भएर सार्वजनिक लेखा समितिको बैठक पनि विहान ८ बजे नै बस्दैछ । 

बजेट आउनुअगावै कर छली हुनेगरी विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्‍नउपर छलफल गर्न लेखा समिति बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।