नेभिगेशन
कर्पाोरेट

DGO एपमार्फत माेबाइलमै विश्वकप फुटबल हेर्न सकिने, शुल्क ५४९ रुपैयाँ

काठमाडाैँ । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६ नजिकिदै गर्दा नेपालको डिजिटल स्ट्रिमिड प्लेटफर्म DGO ले फुटबल प्रेमीहरूका लागि विशेष घोषणा गरेको छ । अब दर्शकहरूले आफ्नो मोबाइलमा नेपाली कमेन्टरी र उच्च गुणस्तरको १०८०p फुल एचडी (Full HD) भिडियोमा विश्वकपका सबै १०४ वटा खेलहरूको मजा लिन सक्नेछन्।

DGO ले रु. ५४९ मा 'मोबाइल-ओन्ली' (Mobile-Only) पास ल्याएको छ । दर्शकहरूले सजिलै DGO एप मार्फत आफनो मोबाइल पास खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

DGO मोबाइल पासमा नेपाली कमेन्टरी, डुअल कमेन्टरी विकल्प (आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्न सकिने), फुल एचडी क्वालिटी लगायतका विशेषता रहेका छन् । 

Ncell
Extreme Energy

"हामी नेपाली दर्शकहरूलाई खेलको अनुभवमा कुनै सम्झौता नहोस् भन्ने चाहन्छौं," DGO का प्रवक्ताले भने, "DGO एपमार्फत सिधै पास खरिद गर्ने सुविधाले अब फ्यानहरूले कुनै पनि तेस्रो पक्ष वा शंकास्पद लिड्कहरूको पछि नलागी सुरक्षित र आधिकारिक रूपमा विश्वकपको आनन्द लिन सक्नुहुनेछ।"

हाल अनलाइनमा देखिएका 'फ्रि स्ट्रिमिड' वा शंकास्पद एपका विज्ञापनहरूबाट बच्न DGO ले सम्पूर्ण दर्शकहरूलाई आग्रह गरेको छ। यस्ता अनधिकृत प्लेटफर्महरूले व्यक्तिगत जानकारी र बैंकिड विवरणहरूमा जोखिम निम्त्याउन सक्ने भएकाेले नेपालको आधिकारिक स्ट्रिमिड पार्टनर DGO को एप प्रयोग गरी ढुक्कसॅग विश्वकपको मजा लिन कम्पनीले आग्रह गरेकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्।
खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको रौनक (तस्बिरकथा)

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको रौनक (तस्बिरकथा)

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। उद्घाटन समारोहमा कांग्रेसका नेता–कार्यकर्तासँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
गगन थापाको राजनीतिक प्रतिवेदन : प्रधानमन्त्रीमा दुई कार्यकाल

गगन थापाको राजनीतिक प्रतिवेदन : प्रधानमन्त्रीमा दुई कार्यकाल

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी संगठन सुधारदेखि प्रधानमन्त्रीको कार्यकाल सीमा र निर्वाचन प्रणाली सुधारसम्मका प्रस्ताव राजनीतिक प्रतिवेदनमा अघि सारेका छन्।
जनमत पार्टीमा सीके राउतसहित को–को निर्वाचित?

जनमत पार्टीमा सीके राउतसहित को–को निर्वाचित?

जनमत पार्टीको दोस्रो महाधिवेशनबाट डा. सीके राउत राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिका अनुसार १ हजार १२६ मत खसेकोमा राउतले ९५८ मत प्राप्त गरे।