नेभिगेशन
समाज

कारगारभित्रै २ कैदीको हत्यामा संलग्न ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ । 

जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए । न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता २०७४ को दफा १७१ ९१० बमोजिम कसुरमा जन्मकैद पैmसला सुनाएको हो । 

Ncell
Extreme Energy

त्यसैगरी सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरेको अदालतका श्रेस्तेदार न्यौपानेले बताए । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो । 

कैदीको कुटपिटपछि हत्या घटनाका आरोपित सात जना प्रहरीलाई धनकुटा र आठ जना कैदीलाई तेह्रथुम कारागार चलान गरेको थियो । कैदी हत्या घटनामा  प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैद पैmसला  भएको छ । 

त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको अदालतका श्रेस्तादार न्यौपानेले जानकारी दिए । कैदीको कुटपिटपछि हत्या अभियोगमा जिल्ला कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।