नेभिगेशन
समाज

गलकोट नगर अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट घोषणा

काठमाडौँ । बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो ।

गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्य संस्था सहयोग व्यवस्थापनलगायत विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा अस्पतालले कुल ७१ प्रतिशत प्राप्ताङ्क हासिल गरेको उनले जानकारी दिए।

Ncell
Extreme Energy

अस्पालको जग्गा व्यवस्थापन, भवन, फोहर व्यवस्थापन, अस्पतालको सेवा सुविधालगायत विवरण अनुसार अस्पतालले सेवा प्रवाह, संस्थागत व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

स्थानीय तहको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र सेवामुखी बनाउन अस्पतालले निरन्तर सुधारका प्रयासमा यो नतिजाले थप हौसला प्रदान गरेको डा पौडेलको भनाइ छ ।

अस्पताल प्रशासनले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउँदै डा पौडेले उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै गलकोट नगरपालिकाको पनि सहयोग रहेको उल्लेख गरे। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।