नेभिगेशन
नेताका कुरा
रास्वपा महाधिवेशन

निर्वाचन कार्यतालिका सार्वजनिक, साँझ ७ बजेदेखि उम्मेदवारी दर्ता, भोलि बिहान चुनाव

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

नयाँ तालिका अनुसार, अहिले साँझ ७ बजेदेखि मनोनयन दर्ता हुने छ भने उम्मेदवारीमाथि छानबिन गरी राति नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । भोलि मतदान हुने छ । मतदानको समय भने तोकिएको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही बेरअघि सार्वजनिक निर्वाचन तालिकाअनुसार, अहिले ७ बजेदेखि साढे ९ बजेसम्म सभापति पदको उम्मेदवारीका लागि फाराम वितरण र दर्ता गरिने छ ।

Ncell
Extreme Energy

त्यस्तै, केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ताका लाग ७ः३० देखि राति ९ः३० बजेसम्मको समय तोकिएको छ ।

राति १० बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरी १०ः३० बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोधको समय दिइएको छ । राति ११ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ हुने छ भने सवा ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

राति ११ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र त्यससँगै मौन अवधि सुरु हुने निर्वाचन आयोगको सूचनामा उल्लेख छ ।

सभापति र केन्द्रीय सदस्य चयनका लागि बिहान मतदान हुने छ । पहिलो चरणको मतदान सकिएको दुई घण्टापछि मतपरिणाम सार्वजनिक हुने छ ।

पदाधिकारी छान्न दोस्रो चरणको मतदान हुने छ । त्यसको भने तालिका सार्वजनिक गरिएको छैन ।   

यस्तो निर्वाचनको कार्यतालिका:

time-1782220086.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

आज बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
योगेश भट्टराईले दिए ओलीलाई तीनबुँदे सुझाव

योगेश भट्टराईले दिए ओलीलाई तीनबुँदे सुझाव

स्थायी कमिटीको जारी बैठकमा आफू उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुरानाबीच सन्तुलन मिलाउन आग्रह गरेका हुन्।