नेभिगेशन
अपराध

श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदासका छोरा घूस प्रकरणमा पक्राउ

श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

भ्रष्टाचारविरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको पछिल्लो कारबाहीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीलङ्काको प्रमुख भ्रष्टाचार अनुसन्धान निकायले बिहीबार रकिथा राजपक्षेलाई हिरासतमा लिएको हो । उनीमाथि सन् २०२३ मा इन्टरपोलको सहयोगमा मेडागास्करबाट स्वदेश फिर्ता ल्याइएका लागुऔषध तस्करीका मुख्य संदिग्ध नादुन चिन्ताकालाई रिहा गराउन ठूलो रकमको घुसको लेनदेन गरेको आरोप लागेको छ ।

Ncell
Extreme Energy

अधिकारीहरूका अनुसार उक्त रिहाइका लागि करिब ५० करोड श्रीलङ्काली रुपैयाँ बराबरको घुस मागिएको थियो । भ्रष्टाचार अनुसन्धान आयोगले रकिथा राजपक्षेले त्यसमध्ये करिब १२ करोड रुपैयाँ प्राप्त गरिसकेको जनाएको छ ।

घटना भएको समयमा उनका पिता विजयदास राजपक्षे न्याय तथा कारागार सुधार मन्त्रीको जिम्मेवारीमा थिए। यद्यपि सन् २०२४ को आम निर्वाचनमा तत्कालीन सरकार पराजित भएपछि लागुऔषध तस्करलाई रिहा गर्ने योजना कार्यान्वयन हुन नसकेको जनाइएको छ ।

नादुन चिन्ताका ‘हरक काटा’ नामले परिचित छन् । श्रीलङ्का प्रहरीले उनलाई देशका सबैभन्दा खतरनाक लागुऔषध तस्करमध्ये एकका रूपमा वर्णन गर्दै आएको छ । उनीमाथि आपराधिक सञ्जाल सञ्चालन गरेको आरोप छ र हाल उनी न्यायिक हिरासतमा रहेका छन् ।

गत सेप्टेम्बरमा वामपन्थी राष्ट्रपति अनुरा कुमार दिसानायके सत्तामा आएपछि भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रता दिइएको छ । त्यसयता उच्च तहका राजनीतिक तथा प्रभावशाली व्यक्तिमाथि अनुसन्धान र कारबाही बढेको छ । रकिथा राजपक्षे पछिल्लो उच्च–प्रोफाइल व्यक्तिका रूपमा पक्राउ परेका हुन् ।

अधिकारीहरूले विजयदास राजपक्षेको परिवार सन् २००५ देखि २०२२ सम्म श्रीलङ्काको राजनीतिमा प्रभाव जमाएको राजापाक्ष राजनीतिक परिवारसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन् । उक्त राजनीतिक वंशका केही सदस्यहरूले भने मनी लान्ड्रिङ र शक्ति दुरुपयोगसम्बन्धी मुद्दाको सामना गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...