चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले केही बेरअघि मतपरिणाम सार्वजनिक गरेको हो ।
९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवार थिए । प्रदेशतर्फ ३५ र खुलातर्फ ६४ केन्द्रीय चुनिएका छन् ।
निर्वाचित केन्द्रीय सदस्यहरु नै पदाधिकारीका लागि उम्मेदवार बन्न पाउने छन् ।
अब ६ पदाधिकारीका लागि उम्मेदवारी दर्ता हुने छ । विधानअनुसार दुई उपसभापति (एक खुला र एक महिला), एक महामन्त्री र तीन सहमहामन्त्री (दुई खुला र एक महिला) पदमा निर्वाचन हुने छ ।
आजै दोस्रो चरणको निर्वाचन गर्ने आयोगको कार्यतालिका छ ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।बुधबार, साउन २७, २०८३
नेकपा एमालेभित्रैबाट केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर निर्वाचनमा भएको पराजयको समीक्षा गर्न तथा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।बुधबार, साउन २७, २०८३
सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी गरेका छन् ।
यतिमात्रै होइन, अब...बुधबार, साउन २७, २०८३
धनुषा जिल्ला अदालतको मूल गेटअगाडि बुधबार दिउँसो मिटरब्याज पीडित एक महिलाले आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरेको छ ।बुधबार, साउन २७, २०८३