नेभिगेशन
समाज
रास्वपा महाधिवेशन लम्बिँदाको असर

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक भोलि (शनिबार) बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

संसदको सबैभन्दा ठूलो दल रास्वपाको महाधिवेशन लम्बिँदा त्यसको असर संसद् बैठकमा पनि परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि हिजोका लागि निर्धारित बैठक आज दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

Ncell
Extreme Energy

रास्वपा महाधिवेशन आज पनि जारी रहने भएपछि संसद सचिवालयले सूचना प्रकाशित गरी बैठक स्थगित गरेको हो ।

सूचनामा भनिएको छ– ‘आज मिति २०८३ असार १२ शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सम्मानीय सभामुखले सभाको बैठक मिति २०८३ असार १३ शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नु भएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।