नेभिगेशन
विदेशका कुरा

भेनेजुएलामा महाभूकम्पः २३५ जनाको मृत्यु

उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ ।

कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌‌‌‌‍‍‍‍‍‍‍‍‍‍.२ र ७‍‍.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् । बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।

Ncell
Extreme Energy

स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको सङ्ख्या २३५ पुगेको जानकारी दिनुभएको छ । घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष हटाएर जीवित मानिसको खोजीमा जुटेका छन् । धेरै स्थानमा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिएको छ ।

काराकासको उत्तरस्थित एक बस्तीमा एक युवती घण्टौँसम्म उद्धारको प्रतीक्षा गर्दै सहयोगका लागि चिच्याइरहेकी थिइन् । स्थानीय बासिन्दा डानी रिजोले उद्धार टोली र सुरक्षाकर्मीको तत्काल आवश्यकता रहेको बताउनुभएको थियो । केही समयपछि ती युवतीको मृत्यु भएको स्थानीयवासीहरूले जानकारी दिएका छन् ।

ला गुआइराका अन्य क्षेत्रमा पनि भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिएको छ । स्थानीय बासिन्दा एन्टोनियो बर्मुडेजले आवश्यक उपकरण र उद्धार सामग्री नहुँदा असहाय बनेको बताए।

डोमिङ्गो लुसियानी अस्पतालका एक चिकित्सकले नाम सार्वजनिक नगर्ने सर्तमा धेरै बालबालिका अभिभावकविहीन अवस्थामा अस्पताल पुगिरहेको जानकारी दिनुभयो । केही बालबालिकाले आफ्नो परिचय दिन सकेका छन् भने केहीको हातमा पहिचान पट्टी बाँधिएको अवस्थामा उनीहरूलाई एम्बुलेन्समार्फत ल्याइएको छ ।

एक उद्धारकर्मीले प्रशिक्षित जनशक्ति र आधुनिक उपकरणको अभावले उद्धार अभियान प्रभावित भएको बताए । प्रभावित क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले ला गुआइराको भ्रमण गरेका छन् ।

यसबीच केही स्थानमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका पसलहरूमा लुटपाटसमेत भएको एएफपीका पत्रकारहरूले जनाएका छन् । भेनेजुएलाको अन्तर्राष्ट्रिय उद्धार समितिकी निर्देशक निकोल कास्टले अवस्थालाई अत्यन्त विनाशकारी बताए।

भूकम्पपछि विश्वका विभिन्न देशहरूले सहयोगको प्रतिबद्धता जनाएका छन् । स्विट्जरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिकोले विशेषज्ञ र उद्धार टोली पठाउने घोषणा गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले दुई युद्धपोत, यातायात विमान र हेलिकप्टर परिचालन गर्नुका साथै १५ करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्नो देशको प्रतिक्रिया तीव्र, प्रभावकारी र व्यापक हुने बताए।

जनवरीमा अमेरिकी सेनाको हस्तक्षेपपछि राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरी पक्राउ गरिएपछि भेनेजुएलामा वासिङ्टनको प्रभाव बढेको छ ।
चीन, भारत, ब्राजिल र युद्धग्रस्त इरानले पनि सहयोगको प्रस्ताव गरेका छन् । पोप लियो चौधौँले प्रारम्भिक एक लाख युरो सहायता घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भेनेजुएलालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुख टम फ्लेचरले १२६ वर्षयताकै शक्तिशाली भूकम्पका कारण व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए।

उद्धार र राहत कार्यलाई थप जटिल बनाउँदै ला गुआइरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ । मृतकमध्ये दुई ब्राजिलियाली, दुई चिनियाँ, एक इटालेली र एक पोर्चुगाली नागरिक रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् । क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा अवस्थित भेनेजुएलाको उत्तरी तट भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ ।

सन् १९९७ मा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ को भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए । सन् १९०० को ७.७ म्याग्निच्युडको भूकम्पपछि अहिलेको ७।५ म्याग्निच्युडको भूकम्पलाई सबैभन्दा शक्तिशाली मानिएको छ ।

भूकम्पको धक्का छिमेकी कोलम्बियासम्म महसुस गरिएको थियो । बोगोटाका बासिन्दाहरूले सावधानीस्वरूप भवनहरू खाली गरेका थिए । उत्तरी ब्राजिलका धेरै सहरहरूमा पनि कम्पन महसुस भएको त्यहाँको भूकम्पीय निगरानी निकायले जनाएको छ ।

राजधानी काराकासमा पनि त्रासको वातावरण फैलिएको छ । धेरै नागरिकले सडक र गाडीमै रात बिताएका छन् । ६० वर्षीया रिटा गोमेज आफ्नी छोरी बस्ने भवन ढलेको सामाजिक सञ्जालमार्फत थाहा पाएपछि राजधानी पुग्नुभएको थियो ।

उनले उद्धारका लागि भारी उपकरण परिचालन गरिएको र स्थानीय बासिन्दाहरूले उल्लेखनीय सहयोग गरिरहेको बताउँदै आफ्नी छोरी जीवितै भेटिने आशा अझै कायम रहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी गठन भएको चार वर्षको अवधिमा ३७ देशमा आफ्नो संगठन विस्तार गरेको छ। रास्वपाले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास...
ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान–मजदुर र सरकारबीच आज निर्णायक वार्ता सुरु भएको छ ।
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।