नेभिगेशन
विदेशका कुरा

आँधीका कारण जापानमा उडान प्रभावित, हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान सल्लाह

दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको छ ।

प्रतिकूल मौसमका कारण जापानका प्रमुख वायुसेवा कम्पनीहरूले १२० वटा उडान रद्द गरेका छन् भने हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जापानको मौसम निकायका अनुसार गम्भीर उष्णकटिबन्धीय आँधी मेखालालाई टाइफुनको स्तरबाट कमजोर बनाइएको भए पनि यसले प्रतिघण्टा १४४ किलोमिटरसम्मको वेगमा हावा बहाइरहेको छ । दक्षिणी र पश्चिमी जापानका धेरै क्षेत्रमा भारी वर्षा भइसकेको छ ।

Ncell
Extreme Energy

पूर्वानुमानअनुसार मेखाला सप्ताहन्तमा क्युसु र शिकोकु टापुतर्फ सर्ने सम्भावना छ । प्रशान्त महासागरमा सक्रिय अर्को उष्णकटिबन्धीय आँधी हिगोससँग यसको प्रभाव जोडिन सक्ने मौसमविद्हरूले बताएका छन् ।

दुई आँधीबीचको सम्भावित अन्तरक्रियाले ‘फुजिहारा प्रभाव’ उत्पन्न गर्न सक्ने चेतावनी दिइएको छ । यस्तो अवस्थामा आँधीहरूको दिशा, गति र तीव्रताको पूर्वानुमान गर्न कठिन हुने मौसमविद्हरूले जनाएका छन् ।

प्रतिकूल मौसमका कारण जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले ओकिनावा र कागोसिमा क्षेत्रमा आउने तथा जाने गरी १२० वटा उडान रद्द गरेका छन् । यसले हजारौँ यात्रु प्रभावित भएका छन् ।

क्योटो क्षेत्रमा सम्भावित पहिरोको जोखिम बढेपछि हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ । सार्वजनिक प्रसारक एनएचकेले प्रसारण गरेको दृश्यमा यस क्षेत्रका नदीहरूमा धमिलो र तीव्र बहाव देखिएको छ ।

क्योटो र ओसाकाका अधिकारीहरूले नदीमा पानीको सतह बढ्दै गएको तथा बाढीको जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरेका छन् ।
भारी वर्षाका कारण सडक अवरुद्ध भएपछि टोयोटाले क्युसुस्थित आफ्नो कारखानाको उत्पादन अस्थायी रूपमा रोकेको छ । निसानले पनि केही उत्पादन लाइन बन्द गर्ने तयारी गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानी सेनाले मियाको टापुमा भि–२२ ओस्प्रे यातायात विमानको निर्धारित पहिलो उडान पनि स्थगित गरेको छ । उक्त उडान अमेरिका–जापान संयुक्त सैन्य अभ्यासको हिस्सा थियो । यसैबीच ताइवानमा पनि आँधीको प्रभाव देखिएको छ । मेखालाका कारण परेको मुसलधारे वर्षा, बाढी र पहिरोको जोखिमपछि एक हजार ६०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

धेरै क्षेत्रमा विद्यालय र सरकारी कार्यालय बन्द गरिएका छन् । अहिलेसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन । तर अधिकारीहरूले पूर्वी ह्वालिएन तथा दक्षिणी काओसिउङ र पिङटुङ क्षेत्रमा पहिरो र माटो बग्ने जोखिम उच्च रहेको चेतावनी दिएका छन् । मौसम निकायका अनुसार बिहीबारयता केही क्षेत्रमा ८८ सेन्टिमिटरसम्म वर्षा रेकर्ड गरिएको छ ।

ह्वालिएनको दुर्गम क्षेत्रमा हालै बनेको अवरोध तालका कारण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने धेरै परिवारलाई घर छोड्न आग्रह गरिएको छ । प्रतिकूल मौसमका कारण ताइवानका केही रेल सेवा पनि अस्थायी रूपमा स्थगित गरिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी गठन भएको चार वर्षको अवधिमा ३७ देशमा आफ्नो संगठन विस्तार गरेको छ। रास्वपाले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास...
ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान–मजदुर र सरकारबीच आज निर्णायक वार्ता सुरु भएको छ ।
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।