नेभिगेशन
समाज

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा प्रवेश गरेको छ ।

विसं २०७० जेठ ५ गते सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर हुँदै आएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ महाअभियानले भने निरन्तरता पाउँदै आएको छ । महाअभियानबाट सफाइसम्बन्धी जागरण फैलिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सफाइ महाअभियानको ६८५औँ हप्तामा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरअघिका वाग्मती नदी  किनारमा आज सफाइ गरिएको छ ।

Ncell
Extreme Energy

वाग्मती सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्य  टेकराज अधिकारी, स्थानीयवासीलगायतको सक्रियतामा भएको सफाइबाट लगभग एक मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ।

महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी आज उठाइएको फोहर  व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
तिनाउ बाढीमा ६ घर बगे

तिनाउ बाढीमा ६ घर बगे

तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।
कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

चार दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको अवस्था सिर्जना भएको छ।