नेभिगेशन
समाज

सुरक्षित पुनःस्थापनाको माग गर्दै काठमाडौँमा सुकुम्वासी प्रदर्शन

काठमाडौँ । सुरक्षित पुनःस्थापनाको सुनिश्चित नगरि कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थीत बसोबासीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुरक्षित पुनःस्थापना, भू स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरि कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानूनबमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनस्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।

Ncell
Extreme Energy

प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थीत बसोबासीका तर्फबाट दल मर्दन कामीले होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दवाव दिदा मानसिक तनाव उत्पन्न भएको बताए। उनले सरकारका बिभिन्न निकाय र प्रहरीहरुले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्नका दवाव दिएको उल्लेख गरेका थिए।

उनले आफुहरुलाई सरकारले सडकमा अलपत्र पार्न खोजिएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न माग गरेका थिए। प्रदर्शनमा सहभागीहरुले डोजर होइन, समाधान दे, जनता मार्न पाइदै, यस्तो सरकार चाहिदैन, गरिबमाथिको ज्यादती बन्द गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरु आन्दोलित भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
तिनाउ बाढीमा ६ घर बगे

तिनाउ बाढीमा ६ घर बगे

तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।
कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

चार दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको अवस्था सिर्जना भएको छ।