नेभिगेशन
समाज

साउदी अरबलाई एसभिपी प्रक्रिया स्थगन गर्न मन्त्री यादवको आग्रह

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरेका छन्।

शनिबार मन्त्री यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरबीच भएको शिष्टाचार भेटका क्रममा साउदी अरबले कार्यान्वयनमा ल्याउन लागेको एसभिपी प्रक्रिया स्थगन गर्न आग्रह गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै, उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने विषयमा पनि उनले विशेष अनुरोध गरेका छन् ।

Ncell
Extreme Energy

हाल साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिक सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री यादवले श्रमिकको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गरे।

उनले सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा राजदूतले साउदी सरकारसँग आवश्यक परामर्शपश्चात् यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी गराएको श्रमन्त्रीको सचवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया...
कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

सार्वजनिक सूचना प्रकाशित गर्दै कार्यालले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको...
मूल्य नपाउँदा झापामा चैते धान प्रति किसाको आकर्षण घट्दो

मूल्य नपाउँदा झापामा चैते धान प्रति किसाको आकर्षण घट्दो

चालु आर्थिक वर्ष २०८२/८३ मा १६ हजार ७५८ हेक्टर क्षेत्रफलमा ८९ हजार ६५५ दशमलव तीन मेट्रिकटन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी...
बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध...