नेभिगेशन
नेताका कुरा

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले सदनमा उठायो प्रश्न

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कानुन विपरित रास्वपाले १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै संसदमा प्रश्न उठाएको छ ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले रास्वपाको आधिकारिक दस्तावेजमै १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको औपचारिक रुपमा आएको भन्दै ध्यानाकर्षण जनाएकी हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य सदस्य बनाउन नपाइने र यस्तो गरिएमा ८० हजार जरिवाना र तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था स्मरण गराउँदै काउचाले सोधिन्, 'के सत्तारुढ रास्वपाको हकमा संविधान र कानुनमा गरिएका व्यवस्था लागु नहुने हो ? कि रास्वपा संविधान माथि छ र उसले संविधान पालना नगरे पनि हुने हो ? त्यसमाथि बालबालिकासम्बन्धी ऐनको दफा ७(७) मा कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाउने प्रष्ट प्रावधान छ । यसविपरित गएर रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाइएको पाइयो । यही बालबालिकाको मतको भर्याङ चढेर चुनिएका पार्टीका विभिन्न पदाधिकारी र सदस्यको वैधानिकता समेत प्रश्न उठ्ने अवस्था देखियो । यो प्रावधान रास्वपाको हकमा लागु हुने अवस्था छ कि छैन ?'

Ncell
Extreme Energy

उनले कलिला विद्यार्थीलाई पार्टीको झोला नबोकाउन र कानुनको पालनामा सबै जिम्मेवार बन्न आग्रह गरिन् ।  

कांग्रेसले प्रथम महाधिवेशनबाट निर्वाचित रास्वपाको नयाँ नेतृत्व र केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना समेत दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
गगनकुमार थापा: विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेस सभापतिसम्म

गगनकुमार थापा: विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेस सभापतिसम्म

निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो । विसं २०४६ को जनआन्दोलनका क्रममा...
भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भिडियोमा उनले आफू दिल्ली आइपुगेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न उठाएका थिए। उनले प्रदर्शनलाई लक्षित गर्दै सरकारले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा कैयौँ रेल...
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर...