नेभिगेशन
समाज

कुन कुन राईलाई ल्याउन पर्ने हो ल्याइन्छ, स्वर्णलक्ष्मी होस् वा मितेरी सबै सहकारीको समस्या समाधान हुन्छः मन्त्री प्रतिभा रावल

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीको समस्या समाधानका लागि सरकार तत्पर रहेकको बताएकी छिन् । सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री रावलले सबै सहकारीको बचत फिर्ता गर्ने बताएकी हुन् । 

छलफलका क्रममा काग्रेस सांसद वासना थापाले सूर्यदर्शन तथा सानो पाइला सहकारीको समस्या इंगित गर्दै पीडितहरु रुदै हिड्नुपरेको बताएकी थिइन् । उनले गरिबको आँशु हरेर ममन गर्न आग्रह गरेकी थिइन् । त्यसको जवाफमा मन्त्री रावलले भनिन्, ‘सहकारीको सहस्या हल गर्नको लागि नेपाल सरकारले दिनरात काम गरिरहेको छ । स्वर्णलक्ष्मी वा मितेरी सहकारी होस् समस्या समाधान गर्न सरकार तत्पर छ । नीतिगत सुधार के के चाहिन्छ गर्छौँ ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले सहकारीको रकम अपचलनमा संलग्न सबैलाई कारबाहीको दायरामा लयाउने बताइन् । काग्रेस सांसद खडक बहादुर शाहीले पहिले जिवी राईलाई आकाश पाताल जहाँ भएपनि ल्याउँछु भन्नेले अहिले त्यसमा उदासिनता देखाएको आरोप लगाएका थिए । त्यसको जवाफमा मन्त्री रावलले भनिन्, ‘यो सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्नको लागि जो–जो लाई ल्याउनुपर्छ, जे–जे काम गर्नुपर्छ, जे जे नीतिगत सुधार गर्नुपर्छ त्यो सबै गर्छ । अहिले तपाईँले एउटा पात्रको मात्र नाम लिनुभयो, धेरै पात्र यस्ता छन् जो फरार भएको अवस्था छ । हजुरहरु के ढुक्क हुनुहोस् भने सहकारीको समस्या हामी समाधान गर्छौँ । यो हाम्रो प्रतिवद्धता पनि हो र समाधान गर्ने क्रममा कुन कुन राईलाई ल्याउनुपर्छ हामी ल्याउँछौँ ।’ 

Ncell
Extreme Energy

शक्तिको दुरुपयोग भयो कि भन्ने विषयमा थप स्पष्ट पार्दै सहकारी मन्त्री रावलले विशेष छानबिन समितिले  दिएका सुझाव कार्यान्ययमा आएको धेरै समस्या समाधान हुने जिकिर गरिन् । ‘समितिले केही महत्वपूर्ण सुझाव दिएको तर तत्कालिन सरकारले केही नलेखिएका कुरा कार्यान्वयनमा आए । तर लेखिएका कुरा कार्यान्यवयमा लगिएको भए आजको दिनसम्म धेरै समाधान भइसक्थ्यो । त्यही समितिको सुझावमा टेकेर अध्यादेश ल्याइएको हो ।’ 

मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सहकारीबाट पीडितको रकम फिर्ता गराउन विधेयक ल्याइएको बताइन् । उनले सहकारी समस्यालाई वास्तविक रूपमै समाधान गर्न सरकार कटिबद्ध भएको बताउँदै विगतकै सरकारको योजनाअनुसार चक्रीय राहत कोष खडा गरिएको जानकारी दिइन् । 
     
छलफलमा सांसदहरू नरेन्द्रकुमार केरूङ, अशोककुमार चौधरी, समीक्षा बास्कोटा, बासना थापा, गङ्गालक्ष्मी अवाल, खड्कबहादुर शाही, हरिमोहन भण्डारी, गणेशबहादुर विश्वकर्मा, वलावती शर्मा, बदनकुमार भण्डारी, साजिदा खातुन सिद्धिकीले भाग लिएका थिए । 
     
सांसदहरूले सहकारीलाई आर्थिक रूपान्तरणको खम्बाका रूपमा स्थापित गर्दै यसलाई व्यवस्थित र पारदर्शी गर्नुपर्ने बताए । उनीहरुले सहकारी ठगीमा परेर दैनिक गुजारामा चल्नुपर्ने व्यक्तिहरू मारमा परिरहेका सन्दर्भमा पीडितहरूलाई राहत र क्षतिपूर्ति दिन कानुनी संशोधन आवश्यक भएकामा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।