नेभिगेशन
समाज

अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहनेः अमेरिका

अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ र मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले आइतबार राति जानकारी दिए।

जुन १७ मा भएको संवेदनशील समझदारीपत्र को बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए । फेब्रुअरीको अन्त्यतिर सुरु भएको यो द्वन्द्वले महत्वपूर्ण हर्मुज जलडमरुमा ढुवानीलाई प्रभावित गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस समझदारीअनुसार तेहरानले व्यावसायिक जहाजहरूलाई जलडमरुबाट सुरक्षित आवतजावत गर्न दिने प्रतिबद्धता जनाएको थियो भने वाशिङटनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको थियो ।

Ncell
Extreme Energy

“समझदारीका सबै क्षेत्रमा प्राविधिक वार्ता जारी रहनेछ”, एक अमेरिकी अधिकारीले एएफपीलाई इमेलमार्फत जानकारी गराउनुभएको छ, “दुवै पक्षले अहिलेका लागि हमला रोकेका छन् र जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् ।”

अधिकारीले वार्ता कहिले र कहाँ हुने भन्ने विवरण दिएनन् । तर दुई अमेरिकी अधिकारी र एक जानकार स्रोतले अमेरिकी सञ्चारमाध्यम एक्सिओसलाई बताएअनुसार वार्ता मङ्गलबार कतारमा पुनः सुरु हुनेछ । सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै यस्तै कुरा रिपोर्ट गरेको छ ।

दुवै पक्षले ‘अहिलेका लागि हमला रोक्ने’ र मंगलबार दोहामा थप वार्ता गर्ने सहमति गरेको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी हमला जारी रहेमा सैन्य कारबाही गर्ने पुरानो चेतावनीलाई पुनः दोहोर्‍याउनुभएको छ। शनिबार उहाँले अमेरिका ‘बाध्य’ भएर युद्ध पुनः सुरु गर्नुपरेमा इरान अब ‘अस्तित्वमा रहने छैन’ भनेका थिए।

पाकिस्तानले मध्यस्थता गरेको र युद्ध अन्त्य गर्ने समझदारीमा हस्ताक्षर भएपछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम सहमतिलाई उल्लङ्घन गरेको आरोप लगाउँदै बदलामा आक्रमण गरेका थिए ।

आइतबार बिहान भएको पछिल्लो झडपमा अमेरिकी सेनाले ‘व्यावसायिक जहाजमाथि इरानी आक्रमण जारी रहेको’ भन्दै १० इरानी सैन्य लक्ष्यमा आक्रमण गरेको बताएको थियो भने इरानले पनि कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य शिविरमाथि आक्रमण गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

उनीहरुले  राष्ट्रिय धान दिवस मनाइरहँदा  पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव समेत दिए। सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न  सरकारको ध्यानाकर्षण...
सुकी जीवित भएको प्रमाण माग

सुकी जीवित भएको प्रमाण माग

अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दाबीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उनले सुकी अझै राजधानी नेपिटोस्थित जेलमै रहेको विश्वास व्यक्त गरेका हुन् ।
राष्ट्रिय धान दिवसः ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान

राष्ट्रिय धान दिवसः ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आज ललितपुरको खुमलटारमा आयोजित २३औँ...
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए।