नेभिगेशन
समाज

अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहनेः अमेरिका

अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ र मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले आइतबार राति जानकारी दिए।

जुन १७ मा भएको संवेदनशील समझदारीपत्र को बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए । फेब्रुअरीको अन्त्यतिर सुरु भएको यो द्वन्द्वले महत्वपूर्ण हर्मुज जलडमरुमा ढुवानीलाई प्रभावित गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस समझदारीअनुसार तेहरानले व्यावसायिक जहाजहरूलाई जलडमरुबाट सुरक्षित आवतजावत गर्न दिने प्रतिबद्धता जनाएको थियो भने वाशिङटनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको थियो ।

Ncell
Extreme Energy

“समझदारीका सबै क्षेत्रमा प्राविधिक वार्ता जारी रहनेछ”, एक अमेरिकी अधिकारीले एएफपीलाई इमेलमार्फत जानकारी गराउनुभएको छ, “दुवै पक्षले अहिलेका लागि हमला रोकेका छन् र जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् ।”

अधिकारीले वार्ता कहिले र कहाँ हुने भन्ने विवरण दिएनन् । तर दुई अमेरिकी अधिकारी र एक जानकार स्रोतले अमेरिकी सञ्चारमाध्यम एक्सिओसलाई बताएअनुसार वार्ता मङ्गलबार कतारमा पुनः सुरु हुनेछ । सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै यस्तै कुरा रिपोर्ट गरेको छ ।

दुवै पक्षले ‘अहिलेका लागि हमला रोक्ने’ र मंगलबार दोहामा थप वार्ता गर्ने सहमति गरेको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी हमला जारी रहेमा सैन्य कारबाही गर्ने पुरानो चेतावनीलाई पुनः दोहोर्‍याउनुभएको छ। शनिबार उहाँले अमेरिका ‘बाध्य’ भएर युद्ध पुनः सुरु गर्नुपरेमा इरान अब ‘अस्तित्वमा रहने छैन’ भनेका थिए।

पाकिस्तानले मध्यस्थता गरेको र युद्ध अन्त्य गर्ने समझदारीमा हस्ताक्षर भएपछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम सहमतिलाई उल्लङ्घन गरेको आरोप लगाउँदै बदलामा आक्रमण गरेका थिए ।

आइतबार बिहान भएको पछिल्लो झडपमा अमेरिकी सेनाले ‘व्यावसायिक जहाजमाथि इरानी आक्रमण जारी रहेको’ भन्दै १० इरानी सैन्य लक्ष्यमा आक्रमण गरेको बताएको थियो भने इरानले पनि कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य शिविरमाथि आक्रमण गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...