नेभिगेशन
समाज

हुलाकको पुनर्जन्मः घरघरमा राहदानीदेखि डिजिटल ट्रयाकिङसम्म

काठमाडौँ । नेपालमा हुलाक चाहिन्छ कि चाहिन्न ? नयाँ पुस्तालाई यो प्रश्न सोध्ने हो भने नेपालमा पनि हुलाक छ र ? भन्ने प्रतिप्रश्न आउन सक्छ । नयाँ पुस्ताले थाहै नपाएको त्यही हुलाक केही समययता जुर्मुराउन थालेको छ र आफ्नो पहिचान स्थापित गर्न प्रयासरत देखिन्छ । 

गोश्वारा हुलाक कार्यालय डिल्लीबजार कुनै समय सुनसान देखिन्थ्यो । तर, हिजोआज यो कार्यालयमा पनि सेवाग्राहीको चहलपहल देखिन थालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले नेपालको हुलाक सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र प्रभावकारी बनाउन ‘एक स्थानीय तह एक हुलाक’ अवधारणा र सरकारी कुरियर सेवा कार्यान्वयनमा ल्याएदेखि हुलाक कार्यालयमा सेवा लिन आउनेको संख्या बढ्न थालेको हो । 

Ncell
Extreme Energy

सरकारले आफ्नो शासकीय सुधारका १०० कार्य सूचीमा सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने उल्लेख गर्‍यो । जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका कागजात नागरिकको घरमै पुर्‍याउने सरकारको तयारी छ । १०० दिन भित्र देशैभर यो व्यवस्था लागु गर्ने बताएको सरकारले अहिले नै ६२ जिल्लामा हुलाकबाटै घरघरमा राहदानी पुर्‍याउन थालिसकेको छ। 

पहिले हुलाकले चिठी ओसार पसार मात्र गर्थ्यो- व्यक्तिगत हुन् कि सरकारी । यो सेवा अहिले पनि छ । योसँगै अन्य सामान ओसार पसार पनि गर्न थालेको छ हुलाकले ।   

हाल गोश्वारा हुलाक सेवा कार्यालय डिल्लीबजारमार्फत आन्तरिकतर्फ देशका ७६ जिल्लामा र अन्तर्राष्ट्रियतर्फ विश्वभरका ३७ देशहरूमा कुरियर सेवा उपलब्ध गराएको छ । जसमा हालै सरकारले हुलाकलाई पूर्ण रूपमा 'डिजिटलाइज्ड' गर्दै लगेको छ। कसैले कसैको नाममा सामान पठायो भने पठाउनेले आफूले पठाएको सामान कहाँ पुग्यो, पठाएदेखिको प्रापकलाई उपलब्ध नभसम्मको सम्पूर्ण जानकारी आफनो मोबाइलबाट 'लाकेशन ट्र्याकिङ' गरेर थाहा पाउन सक्छ । 

एकातिर विश्वासिलो अर्कातिर आफूले पठाएको सामान कहाँ पुग्यो भनेर हेर्न पाइने अनि जसले पाउनु पर्ने हो उसले पाएको जानकारी पनि लिन सकिने भएपछि हुलाकलाई बिर्सिसकेकाहरु पछिल्लो समय हुलाक पुग्न थालेका छन् । अनि, निजी क्षेत्रका कुरियर सर्भिसमा बानी परेकादेखि यसअघि हुलाकबारे थाहै नपाएकाहरु पनि हुलाक कार्यालय पुग्न थालेका छन् । जसका कारण हुलाक कार्यालयमा सेवाग्राहीको चाप बढ्न थालेको छ ।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारका प्रमुख ढालबहादुर के.सी पनि सरकारले ल्याएको नीति र हुलाकले अवलम्बन गरेको प्रविधिका कारणले हुलाक कार्यालयमा सेवाग्राहीको चाप बढेको बताउँछन्। निजी कुरियर कम्पनीमा जानेहरु पनि अचेल हुलाक कार्यालयमा आउन थालेको उनको अनुभव छ। उनले भने, ‘विश्वका सफल हुलाक सेवालाई अनुशरण गर्दै नेपालको हुलाक सेवा पनि डिजिटल युगको सुरुवाती चरणमा प्रवेश गरिसकेको छ । हुलाक सेवालाई अझै प्रभावकारी र विश्वसनीयता कायम गर्ने मनसायले सरकार अघि बढेको देखिन्छ । आशा गरौँ, विश्व स्तरीयरुपमा हाम्रो हुलाक सेवाको प्रभावकारिता अझ बढ्ने छ।’

तर, यत्तिले मात्रै हुलाक सेवा धानिनसक्ने भने देखिँदैन । विकसित मुलुकहरुमा हुलाक कार्यालयले थुप्रै सेवा दिइरहेका छन् । विश्व बजारमा हुलाक सेवाको परिमार्जित रुपलाई अनुकरण गर्दै यसको सेवा विस्तारमा लाग्नुपर्छ । कतिपय ऐन संशोधनदेखि प्रविधिको प्रयोगसहित सेवा विस्तार तथा संस्थागत सुधार नगरेसम्म हुलाकले समयको गतिलाई समात्न सक्दैन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका...
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...