नेभिगेशन
समाज

सुस्ताको माटो अगाडि राखेर सुस्ताबासीद्वारा माइतिघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ ।  नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफुहरु नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलन सुरु गरेका छन् । आफुहरुसँग नेपाल नागरिक भएको कुनै प्रमाणपत्र र लालपूर्जा नहुँदा सीमावर्ति क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुख दिएको भन्दै उनीहरुले काठमाडौँ आएर आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले भारतीय अतिक्रमण रोक्न ठोस कुटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपूर्जा बितरण गर्नुपर्ने लगाएतका तीन बुँदे माग अघि सारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनका लागि काठमाडौं आएका सुस्तावासीहरुले जेठ १३ गते पछि भारतीय सुरक्षाकर्मीले हातहतियार सहित पटक–पटक नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपाली भूमि मिच्ने प्रयास गरिरहेको जनाएका छन् । भारतीय पक्षको सामना गर्न सुस्ताको लालपुर्जा, नेपाली नागरिकता र सिमानामा ’जङ्गे पिलर’ कायम हुनुपर्ने उनीहरुले माग गरेका छन् । भारतीय सुरक्षाकर्मीले पटक पटक नेपाली नागरिकको प्रमाणपत्र र जग्गा नेपालको भएको लालपूर्जा देखाउन दवाव दिने गरेको उनीहरुको भनाइ छ ।  

Ncell
Extreme Energy

‘सुस्ता बचाउ अभियान’ को आव्हानमा सुस्ताको माटोसहित काठमाडौं आएका नागरिकहरुले आफुहरुको माग सुनुवाई नभएसम्म घर नफर्कने जनाएका छन् । सरकारले आफुहरुको मागप्रति कुनै सुनुवाई नगरे आन्दोलनलाई थप सशक्त र क्रमिक रूपमा बढाउँदै लैजाने चेतावनी उनीहरुले दिएका छन् । 

Sustabasi-at-maitighar_NPL-(1)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(3)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(4)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(2)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(5)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(9)-1782815686.jpeg

Sustabasi-at-maitighar_NPL-(8)-1782815686.jpeg

Sustabasi-at-maitighar_NPL-(7)-1782815686.jpeg

Sustabasi-at-maitighar_NPL-(6)-1782815686.jpeg

Sustabasi-at-maitighar_NPL-(13)-1782815685.jpeg

Sustabasi-at-maitighar_NPL-(11)-1782815685.jpeg

Sustabasi-at-maitighar_NPL-(12)-1782815685.jpeg

Sustabasi-at-maitighar_NPL-(10)-1782815685.jpeg

Sustabasi-at-maitighar_NPL-(15)-1782815684.jpeg

Sustabasi-at-maitighar_NPL-(14)-1782815684.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

कार्यविधिअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ । ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको...