नेभिगेशन
समाज

सुस्ताको माटो अगाडि राखेर सुस्ताबासीद्वारा माइतिघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ ।  नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफुहरु नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलन सुरु गरेका छन् । आफुहरुसँग नेपाल नागरिक भएको कुनै प्रमाणपत्र र लालपूर्जा नहुँदा सीमावर्ति क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुख दिएको भन्दै उनीहरुले काठमाडौँ आएर आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले भारतीय अतिक्रमण रोक्न ठोस कुटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपूर्जा बितरण गर्नुपर्ने लगाएतका तीन बुँदे माग अघि सारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनका लागि काठमाडौं आएका सुस्तावासीहरुले जेठ १३ गते पछि भारतीय सुरक्षाकर्मीले हातहतियार सहित पटक–पटक नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपाली भूमि मिच्ने प्रयास गरिरहेको जनाएका छन् । भारतीय पक्षको सामना गर्न सुस्ताको लालपुर्जा, नेपाली नागरिकता र सिमानामा ’जङ्गे पिलर’ कायम हुनुपर्ने उनीहरुले माग गरेका छन् । भारतीय सुरक्षाकर्मीले पटक पटक नेपाली नागरिकको प्रमाणपत्र र जग्गा नेपालको भएको लालपूर्जा देखाउन दवाव दिने गरेको उनीहरुको भनाइ छ ।  

Marvel

‘सुस्ता बचाउ अभियान’ को आव्हानमा सुस्ताको माटोसहित काठमाडौं आएका नागरिकहरुले आफुहरुको माग सुनुवाई नभएसम्म घर नफर्कने जनाएका छन् । सरकारले आफुहरुको मागप्रति कुनै सुनुवाई नगरे आन्दोलनलाई थप सशक्त र क्रमिक रूपमा बढाउँदै लैजाने चेतावनी उनीहरुले दिएका छन् । 

Sustabasi-at-maitighar_NPL-(1)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(3)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(4)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(2)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(5)-1782815687.jpeg

Sustabasi-at-maitighar_NPL-(9)-1782815686.jpeg

Sustabasi-at-maitighar_NPL-(8)-1782815686.jpeg

Sustabasi-at-maitighar_NPL-(7)-1782815686.jpeg

Sustabasi-at-maitighar_NPL-(6)-1782815686.jpeg

Sustabasi-at-maitighar_NPL-(13)-1782815685.jpeg

Sustabasi-at-maitighar_NPL-(11)-1782815685.jpeg

Sustabasi-at-maitighar_NPL-(12)-1782815685.jpeg

Sustabasi-at-maitighar_NPL-(10)-1782815685.jpeg

Sustabasi-at-maitighar_NPL-(15)-1782815684.jpeg

Sustabasi-at-maitighar_NPL-(14)-1782815684.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...