नेभिगेशन
समाज

एसपी अंगुर जिसी सर्वोत्कृष्ट अनुसन्धानकर्ता

काठमाडाैँ । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) अंगुर जिसी सर्वोत्कृष्ट अनुसनधानकर्ता बनेका छन् । प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ अन्तर्गत आयोजित “Best Investigation Showcase” मा एसपी जिसी सर्वोत्कृष्ट अनुसनधानकर्ता बनेका हुन् । उनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले अवार्ड तथा कदर पत्रसहित सम्मान गरेको छ । 

Angur-1782823138.jpgलुम्बिनी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान विभागको संयुक्त आयोजनामा प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ सम्पन्न भएको हो । गोष्ठीमा प्रदेश अन्तर्गतका जिल्ला तथा अनुसन्धान इकाइहरूले आर्थिक वर्ष २०८२/८३ मा भएका अनुसन्धान कार्यको समीक्षा, चुनौती, उत्कृष्ट अभ्यास तथा आगामी कार्ययोजनामाथि प्रस्तुतीकरण गरेका थिए । साथै, अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमा आधारित, प्रविधिमैत्री तथा पीडितमैत्री बनाउने विषयमा सार्थक छलफल भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

यस वर्ष पहिलो पटक सञ्चालन गरिएको “Best Investigation Showcase” मार्फत जिल्लाहरूले आफ्नो उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्दै अनुसन्धान रणनीति, नवीन अभ्यास तथा सिकाइहरू आदानप्रदान गरेका थिए। उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्ने टोलीलाई “उत्कृष्ट अनुसन्धान सम्मान” प्रदान गरिएको थियो । 

kadar-patra-1782823138.jpg
गोष्ठीको अन्त्यमा सहभागी जिल्ला प्रहरी कार्यालय प्रमुखहरू, अनुसन्धान शाखा प्रमुखहरू तथा इलाका प्रहरी कार्यालय प्रमुखहरूले अनुसन्धानलाई अझ व्यावसायिक, गुणस्तरीय, प्रमाणमुखी तथा नागरिकमैत्री बनाउन साझा प्रतिबद्धता पत्र मा हस्ताक्षर गरेका छन् । सिकाइ, समीक्षा, नवप्रवर्तन र साझा प्रतिबद्धतामार्फत अनुसन्धानलाई अझ प्रभावकारी बनाउने हाम्रो अभियान निरन्तर जारी रहने लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
३६ वर्षपछि जुनेलीका २६ परिवारको हातमा लालपुर्जा

३६ वर्षपछि जुनेलीका २६ परिवारको हातमा लालपुर्जा

झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीका २६ अव्यवस्थित बसोबासीले ३६ वर्षपछि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व पाएका छन्।
प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा एउटा विधेयक पारित गर्ने प्रस्तावमाथि प्रक्रिया अघि बढाइनेछ।