नेभिगेशन
समाज

महान्यायाधिवक्ता डा. नारायणदत्त कंडेलविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायण दत्त कंडेल विरुद्धका रिट निवेदनहरुमा माग भए वमोजिम अन्तरिम आदेश जारी गर्न पर्ने नपर्ने सम्बन्धमा सुनुवाई गरी महान्यायाधिवक्ता विरुद्ध अन्तरिम आदेश दिन नपर्ने आदेश जारी गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ता विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । महान्यायाधिवक्ता कंडेलको योग्यता माथि प्रश्न उठाउँदै अधिवक्ता माधव वस्नेत लगायतले सर्वोच्च अदालतमा दायर गरेको रिटमा डा कडेललाई महान्यायाधिवक्ताको हैसियतमा कार्य गर्न रोक लगाउने गरी आदेश माग गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेसँगै महान्यायाधिवक्ता कंंडेललाई महान्यायाधिवक्ताको रुपमा कार्य गर्ने वाटो खुलेको छ । बेलायत बसेर कानुनमा पिएचडी सम्मको अध्ययन पुरा गरी नेपाल फर्केका कंंडेलविरुद्ध नेपालमा १५ वर्ष वकालत गरेको अनुभवको योग्यतामा प्रश्न गरी मुद्दा दायर गरिएको थियो ।

Ncell
Extreme Energy

महान्यायाधिवक्ता कंडेलको योग्यता माथि प्रश्न उठाउदै अधिवक्ता माधव वस्नेत लगायतले सर्वोच्च अदालतमा दायर गरेको रिटमा डा कडेललाई महान्यायाधिवक्ताको हैसियतमा कार्य गर्न रोक लगाउने गरी आदेश माग गरिएको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेसंगै महान्यायाधिवक्ता कंडेललाई महान्यायाधिवक्ताको रुपमा कार्य गर्ने बाटो खुलेको छ ।

‘अन्तरिम आदेश छलफलको लागि पेस हुन आएको प्रस्तुत रिट निवेदनपत्रको विषयमा प्रकृतिबाट पूर्ण सुनुवाई गरी निरुपण हुनुपर्ने देखिदा हाल अन्तरिम आदेश जारी गर्नु परेन ।’ आदेशमा भनिएको छ । 

त्यस्तै सर्वोच्चले सरकारले २०८२ चैत २२ गते कंडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको निर्णयको फाइल पनि माग गरेको छ।

कँडेलको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले छुट्टाछुट्टै रिट दायर गरेका थिए । उक्त रिटहरुमा एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने र पूर्ण सुनुवाइबाटै निरुपण हुनुपर्ने आदेश गरेको हो।

रिट निवेदकले कंडेलसँग बेलायतको स्थायी आवासीय अनुमतिपत्र (पीआर) रहेको आरोप लगाउँदै उनी नेपालको महान्यायाधिवक्ता हुन अयोग्य रहेको दावी गरेका छन् । 

सो सम्बन्धमा सर्वोच्चले सन् २०१५ देखि २०२४ सम्म कंडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेखको प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई नियमानुसार पेस गर्न भनेको छ । 

09eb4fe3-a263-4d30-a980-470ab3878c89-1782832325.jpg

01fc2fca-4e1b-49d4-b436-1647417f0e68-1782832325.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विभिन्न स्थानबाट २० जना  किन परे पक्राउ ?

विभिन्न स्थानबाट २० जना किन परे पक्राउ ?

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।