नेभिगेशन
सबै कुरा

मेलम्चीको पानी चार दिनपछि काठमाडौँ आउने

काठमाडौँ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । 

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । 


उनले भने, “निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।” करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ । 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए। आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौँका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताए। 

उनका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले यसरी पटक पटक अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । ‘मन्त्रीहरुका घुसका डील बाहिरिएपछि...
सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

श्रेष्ठले थप भनिन्, 'सम्बन्धीत ठाउँ भनेको कुन ठाउँ हो, कसको ठाउँ हो ? अडियोमा भनिएका बा को हुन् ? दुई तिहाई भनेको मिलिजुली भाग खानलाई हो, कसको प्रसय,...
स्पेनको सेभिया केसले भिजिट भिसा प्रकरणमा हाम्रो अडानको औचित्य पुष्टि भएको छः रास्वपा

स्पेनको सेभिया केसले भिजिट भिसा प्रकरणमा हाम्रो अडानको औचित्य पुष्टि भएको छः रास्वपा

‘हामीले उठाउँदै आएको विषय स्पेनको सेभियाको केसले झन् पुष्टि भएको छ । कति महत्वपुर्ण, सान्दर्भिक र ओचित्यपूर्ण छ भनेर । सबैभन्दा दुखको कुराचाहीँ सदनमा यत्रो आन्दोलन हुँदा पनि...
बालकृष्ण खाँड सहित कांग्रेस एमालेका नेताहरुको टोलमा रास्वपाको जित

बालकृष्ण खाँड सहित कांग्रेस एमालेका नेताहरुको टोलमा रास्वपाको जित

१५ सदस्यीय टोल विकास समितिमा अध्यक्षसहित चार पदाधिकारी र थप चार सदस्यसहित आठ पदमा रास्वपाका उम्मेदवारले जितेका छन् । साथै रास्वपासँगै प्यानलबाट उठेका राप्रपाका २ सदस्यले पनि जितेका...

भर्खरै