नेभिगेशन
समाज

यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँबसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँबसपार्क क्षेत्रमा यात्रु तान्ने, झोला खोस्ने र अनावश्यक हैरानी दिने गरेको जनगुनासोका आधारमा ट्राफिक प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

Ncell
Extreme Energy

पक्राउ पर्नेमा रुपन्देहीका डोलराज सेन, गोरखाका प्रदीप भुजेल, जुम्लाका लोकदर्शन पाण्डे, बाँकेका सन्देश शाही, बाँकेका मिलन भण्डारी, दाङका रमेश खत्री र विकास घर्ती, रोल्पाका किरण पुन, रुपन्देहीका रोहित विक, कास्कीका सन्तोष शाही, डडेलधुराका शिवराज भट्टराई, मुगुका कविराज रोकाय, दाङका प्रकाश खत्री रहेका छन् ।

रुपन्देहीका रवीन विश्वकर्मा, उदयपुरका जितबहादुर मगर, कैलालीका कृष्णप्रसाद कठरिया, दाङका विजय नेपाली, कैलालीका पदम ओली, दाङका रिजन घर्तीमगर, स्याङ्जाका कमल ज्ञवाली, कैलालीका दिपक न्यौपाने, मनोज साउद र प्रेम विष्ट रहेका छन् ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताए। नयाँबसपार्क क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन तथा यात्रुको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीले पछिल्लो समय यस्ता अभियान सञ्चालन गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन, जना, अन्नपूर्ण रसुवाबाट टिचिङ अस्पतालमा चार जनाको उद्धार गरेका छन् ।
स्याटेलाइट तस्बिरले देखायो रसुवागढी नजिक हिम–चट्टान पहिरोपछि ल्हेन्दे खोलामा बाढी

स्याटेलाइट तस्बिरले देखायो रसुवागढी नजिक हिम–चट्टान पहिरोपछि ल्हेन्दे खोलामा बाढी

प्लानेट ल्याबका स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणले रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको देखाएको छ।
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।