नेभिगेशन
मुख्य समाचार

बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन

काठमाडौँ । बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह सुरु गरेको छ ।

फोन गर्दा सुनिने रिङटोनमार्फत बर्ड फ्लुबाट बच्ने उपाय, सङ्क्रमित भएका, बिरामी वा मरेका चराचुरुङ्गी तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पशुपंक्षी देखेमा त्यसको नजिक नजान, शङ्का लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, पशुपंक्षीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, बर्ड फ्लुसम्बन्धी थप जानकारी वा परामर्श आवश्यक परेमा हेलो स्वास्थ्यको टोल–फ्री नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

Ncell
Extreme Energy

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पछिल्लो समय देशका विभिन्न जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भइरहेकाले जनसाधारणमा अनावश्यक त्रास फैलिन नदिन तथा सङ्क्रमणको जोखिमबारे सही जानकारी पुर्‍याउने उद्देश्यले मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रसारण सुरु गरिएको बताइन् ।  

सरकारले बर्ड फ्लु सङ्क्रमित कुखुरा तथा अन्य पशुपंक्षी नष्ट गर्ने, प्रभावित क्षेत्रको निगरानी बढाउने, प्राविधिक टोली परिचालन गर्ने तथा जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउने अभियानलाई तीव्र बनाएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।

भर्खरै