नेभिगेशन
समाज

कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

काठमाडौँ । बिहीबार बिहानैदेखि कर्णाली नदी उर्लिएको थियो । बिहान साढे ११ बजे सुर्खेतबाट कालिकोटतर्फ गइरहेको यात्रुवाहक कर्णाली प्रदेश ०२ ००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखकको चामुण्डा विन्द्रासैनी गाउँपालिका ५ मा पर्ने अक्करेभिर ठाउँबाट कर्णाली नदीमा खसेर अलप भयो । 

बिडम्बना, दुर्घटना भएको २५ घण्टा बितिसक्दा पनि प्रशासनले उक्त गाडीमा कति यात्रु थिए, ति कहाँ जाँदै थिए भन्नेसम्मको सूचना पत्तो लगाउन सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली नदीमा अलप भएका यात्रुका परिवारमा रुवाबासी मच्चिएको छ । उनीहरु आफ्ना प्रियजन खोज्दै अहिले प्रहरी कार्यालय पुगेका छन्। तर प्रहरीले पनि उनीहरुले यकिन विवरण दिन सकेको छैन । सास, लासको टुंगो लाग्न नसकेका विक्षिप्त परिवारहरु अहिले आफैपनि खोजतलासमा जुटेका छन् । 

Ncell
Extreme Energy

स्थानीयहरुका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका ८ माझिगाउँका चालक तुलाराम सुवेदीले उक्त गाडी चलाएका थिए । गाडीका सहचालक पनि उनका सहोदार दाई रामु सुवेदी थिए । सवारी धनी पनि सुवेदी दाजुभाइ नै हुन् ।

सुर्खेत बसपार्कबाट गाडी छुटेपछि बांगेसिमलस्थित प्रहरी चेकपोष्ट छ, त्यसलगत्तै बड्डीचौर आइपुग्छ । त्यहाँपनि सुरक्षा जाँच हुन्छ । त्यसपछि डुंगेश्वरमा अर्को चेकपोष्ट छ, त्यहाँ पनि सुरक्षा जाँछ हुन्छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्द रिजालले ती चेकपोष्टहरुको विवरणका आधारमा चालकसहित ६ सवार हुन सक्ने अनुमान गरे । उनका अनुसार सुर्खेतबाट ३ जना यात्रुको मात्रै चलान लिएर गाडी कर्णालीतर्फ लागेको थियो । 

बिचमा केहि यात्रु थपिएको हुन सक्ने उनले अनुमान गरे । र डुंगेश्वर चेकपोष्टको अन्तिम विवरण अनुसार उक्त गाडी चालक र सहचालक सहित ६ जना मात्रै सवार रहेको देखिएको बताए । हामीले चालक दाजुभाइका छिमेकीहरुसँग पनि कुरा गर्यौ । स्थानीय जीवन ढुंगानाले उक्त फोर्स गाडी १६ जना सवार रहेको हुन सक्ने बताए ।

फरक फरक विवरण र तथ्य आएपछि यसले हाम्राे सवारी सुरक्षा प्रणालीमाथि प्रश्न उठाउनु स्वाभाविकै हो । हामीले दुर्घटना बारे बुझ्न दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुलाई सोध्यौँ । उनले अहिलेसम्म दुर्घटना भएको यकिन भएपनि कति यात्रु परे भन्ने टुंगो नलागेको बताए । 

उनका अनुसार हिजो दुर्घटना भएको सूचना प्राप्त हुनासाथ गोताखोर सहितको सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । बिहीबार दिनभर १ सय बढी सुरक्षाकर्मीले खोजतलाश गर्दा पनि दुर्घटनामा परेको गाडी र यात्रुहरुको अवस्था पत्ता लाग्न सकेन । 

प्रजिअ सारुका अनुसार हालसम्म दुर्घटनास्थलमा ५ थान मोवाइल, एक थान नागरिकता, एक थान सामान खरिद गरेको बिल भेटिएको छ । दुर्घटनास्थलबाट बिहीबार प्रहरीले एक जनाकाे शव निकालेकाे थियाे । शव भिरमा अड्किएकाे अवस्थामा फेला पारेकाे थियाे । 

हालसम्म आफ्ना परिवारका सदस्य बिहीबारबाट सम्पर्कविहिन भएको भन्दै ५ जनाका परिवार सम्पर्कमा आएको प्रजिअ सारुले जानकारी दिए । त्यसमध्ये, तीन जना कालिकोटको पचालझर्ना गाँउपालिकाका रहेका छन् भने २ जना सुर्खेत पञ्चपुरीका सुवेदी दाजुभाइका परिवार हुन् । 'अहिलेसम्म ५ जनाका परिवार मात्रै आफन्त खोज्दै आउनुभएको छ,अन्यलाई पनि खबर गर्न भनेका छौँ ।'

कुराकानीकै क्रममा उनले राकम कर्णालीको एक होटलमा चालक सुवेदीले फोन गरेर १० जना यात्रुका लागि खाना अर्डर गरेको बुझिन आएको बताए । त्यहि आधारमा १० जना यात्रु थिए कि भन्ने आशंका गरेको बताए । उनका अनुसार बिहीबार देखिनै कर्णाली नदीको जल सतह ह्वात्तै बढेको थियो । शुक्रबार बिहान कर्णालीका जलसतह झनै बढेकाले खोजीकार्यमा जटिलता देखिएको छ । 

'हामीले शुक्रबार बिहानैदेखि गोताखोर सहित ६५ जना सुरक्षााकर्मी परिचालन गरेका छौँ, अहिलेसम्म कुनै सुराक फेला परेको छैन । नदिको जल सतह बढेकाले गोताखोर धेरै गहिराइमा जान सकेका छैनन् ।'

उनका अनुसार खोजीका कार्यकालागि ड्रोनको समेत प्रयोग गरिएको छ । '२ किलोमिटरसम्म ड्रोन उडाएर पनि हेरिरहेका छौँ, केहि देखिएकौ छैन ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।