नेभिगेशन
समाज

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

काठमाडौँ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद  (दोस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै मन्त्री गौतमले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरिएको बताइन् । मन्त्री गौतमले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“नेपाली जनताले देखेको समृद्धिको सपना निकै फराकिलो छ । सोही सपनालाई छिटो र सरल ढङ्गले अघि बढाउन विधेयक प्रस्ताव पेस गरेका हौं,” मन्त्री गौतमले भनिन्, “पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती अन्त्य गर्ने र पेश्की वापतको रकम दुरुपयोग गर्नेलाई कारवाही गर्ने गरी अघि बढ्न खोजेका छौं ।”

Marvel
Extreme Energy

मन्त्री गौतमले सार्वजनिक खरिदसम्बन्धी विधेयक नियमित संसदीय प्रक्रियामार्फत प्रस्तुत गर्न सकिने भएपनि पूर्वाधार निर्माणका जटिल गाँठा छिटो फुकाउन अध्यादेशमार्फत ल्याइएको उल्लेख गरिन् । “पूर्वाधारका आयोजना ‘कन्स्ट्रक्सन इरिटेशन’ छन् । त्यही अप्ठेरो र गाँठो फुकाउनको लागि अध्यादेशमार्फत ल्याएका हौं”, उनले भनिन् । 

बैठकमा सांसदहरु युवराज शर्मा, नरबहादुर विष्ट, प्रेमप्रसाद दङ्गाल, रामकुमारी झाँक्री, रञ्जित कर्ण, सोमनाथ पोर्तेललगायतले  विधेयकको सैद्धान्तिक पक्षमा धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)...
इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् ।
यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देही परिसरबाट प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा दिएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ। फ्लाइ दुबईले दुई महिनाको अवधिमा दुबई–पोखरा–दुबई मार्गमा गरेको उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिएका छन्।