नेभिगेशन
समाज

दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

उदयपुर । उदयपुरको मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी २८ वर्षीया यमुना विक (अधिकारी) को शव दुर्घटनाको चार दिन सम्म पनि पोस्टमार्टम हुन सकेको छैन। उचित क्षतिपूर्ति र दुई नाबालक सन्तानको भविष्य सुनिश्चित नभएसम्म शव नबुझ्ने अडानमा मृतकका परिवार कायम रहेपछि पोस्टमार्टम प्रक्रिया रोकिएको हो।

उदयपुरगढी गाउँपालिका–३ निवासी यमुनाको गत असार १८ गते उदयपुरगढी गाउँपालिका–७ फुस्रेस्थित मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा घटनास्थलमै मृत्यु भएको थियो। मोटरसाइकल चालक उनका श्रीमान् यमबहादुर विक भने गम्भीर घाइते छन्। उनी हाल विराटनगरस्थित अस्पतालमा उपचाररत छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा मृतककी जेठानी सरिता विकले दुर्घटनाको तीन दिन बित्दासमेत पीडित परिवारले न्याय नपाएको बताइन्। उनका अनुसार दुर्घटनापछि परिवार आर्थिक तथा मानसिक रूपमा गम्भीर संकटमा परेको छ भने घाइते यमबहादुरको उपचारका लागि समेत आवश्यक खर्च जुटाउन कठिनाइ भइरहेको छ।

Ncell
Extreme Energy

उनले परिवारले व्यक्तिगत स्वार्थका लागि नभई ८ र १० वर्षका दुई नाबालक सन्तानको शिक्षा, पालनपोषण र भविष्य सुरक्षित गर्न कानुनबमोजिम उपलब्ध हुने पाँच लाख रुपैयाँ राहतबाहेक थप पाँच लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको बताइन्। तर ट्रकधनी पक्षले अतिरिक्त क्षतिपूर्ति दिन अस्वीकार गरेपछि सहमति हुन नसकेको उनको भनाइ छ।

"हामीले आफ्नो लागि केही मागेका होइनौँ। आमा गुमाएका र बुबा अस्पतालमा जीवन–मृत्युको संघर्ष गरिरहेका दुई बालबालिकाको भविष्य सुरक्षित होस् भन्ने उद्देश्यले मात्रै थप क्षतिपूर्ति मागेका हौँ," सरिताले भनिन्।

उनले प्रहरी प्रशासनले पीडित परिवारलाई पर्याप्त रूपमा समन्वय नगरेको तथा ट्रकधनी पक्षसँग मात्रै छलफल अघि बढाएको आरोपसमेत लगाइन्। आफूहरूलाई प्रत्यक्ष संवाद गर्न नदिएको र अपमानजनक व्यवहार गरिएको उनको गुनासो छ।

पीडित परिवारले घाइतेको उपचार खर्च व्यवस्थापनमा सहयोग गर्न तथा दुई नाबालक सन्तानको शिक्षा र पालनपोषणको स्पष्ट जिम्मेवारी सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ। यी माग पूरा नभएसम्म यमुनाको शव नबुझ्ने अडान कायम रहने परिवारले जनाएको छ।

यता जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईँका अनुसार पीडित र ट्रकधनीबीच भएको छलफलमा सहमति हुन नसक्दा पोस्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन।

उनले कानुनअनुसार सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले पाँच लाख रुपैयाँ राहत तथा घाइतेले उपचार खर्च पाउने व्यवस्था रहेको बताए।

"हामी कानुनअनुसार पीडितले पाउनुपर्ने राहत उपलब्ध गराउन प्रतिबद्ध छौँ। तर कानुनी व्यवस्थाभन्दा थप ५ लाख रुपैयाँ क्षतिपूर्तिको माग आएपछि सहमति हुन सकेन। ट्रक चालक प्रहरी नियन्त्रणमै छन् र घटनाको अनुसन्धान भइरहेको छ। सहमति नहुँदा शवको पोस्टमार्टमसमेत हुन सकेको छैन," एसपी चापागाईँले बताए।

गत असार १८ गते गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ त ४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २८४२ नम्बरको ट्रकले ठक्कर दिँदा यमुना विकको घटनास्थलमै मृत्यु भएको थियो भने उनका श्रीमान् यमबहादुर विक गम्भीर घाइते भएका थिए। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...