नेभिगेशन
समाज

सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि नीति लिएको छैन्ः मन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि नीति नलिएको स्पष्ट पारेका छन् ।

आईतबार काठमाडौंमा नेपाल पत्रकार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएकाले त्यसको संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने वा त्यसलाई सीमित गर्ने पक्षमा नरहेको उल्लेख गर्दै स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरेका थिए।

Ncell
Extreme Energy

मन्त्री तिमिल्सिनाले सञ्चार माध्यमले स्वतन्त्रतासँगै व्यावसायिक आचारसंहिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिदै प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभई संविधान र कानुनको दायराभित्र रहेर तथ्यमा आधारित तथा जिम्मेवार पत्रकारिता गर्नु रहेको उल्लेख स्पष्ट पारेका थिए।

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतासँगै पत्रकारिताको व्यावसायिक आचारसंहिता र सामाजिक उत्तरदायित्वको पनि उत्तिकै महत्व रहेको बताए । मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताको संरक्षण लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै सरकारले सञ्चार क्षेत्रको स्वतन्त्रता, सुरक्षा र पेशागत वातावरण सुनिश्चित गर्न निरन्तर काम गरिरहेको बताए।

मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनलाइ अधिकारको रुपमा नहेर्न आग्रह गर्दै सो विषयमा छलफका माध्यमबाट टुग्याँउनुपर्ने बताएका थिए। कार्यक्रममा सञ्चार क्षेत्रका प्रतिनिधि, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगे।
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ ।
कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्।

भर्खरै