नेभिगेशन
समाज

सरकारले विधि, प्रक्रिया र कानुनीको बेवास्ता गर्दै छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै काम गर्न थालेको आरोप लगाएका छन्।

सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको आरोप लगाएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको टिप्पणी गर्दै राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको स्पष्ट पारे ।

Ncell
Extreme Energy

सभापति थापाले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति असन्तुष्टि जनाउँदै कानुनको शासन कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताए । उनले राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको उल्लेख गर्दै सरकारले कानुन मिच्ने प्रयास गरे प्रतिपक्षले सशक्त रूपमा खबरदारी गर्ने चेतावनी समेत दिए ।

उनले सय दिन भित्र सरकारले विश्वास जगाउने नभएर आशंका जगाउने काम गरेको बताउदै जनताको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काममा भन्दा आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित रहेको दावी गरे । सभापति थापाले हचुवाको भरमा संविधान संशोधन जस्ता विषय चलाए मुलुक फेरी हर्काे भड्खालोमा पर्ने भन्दै समावेशीता र भाषाको संवेदनशीलतालाई बुझ्न सरकारलाई सचेत गराए ।

सभापति थापाले काठमाडौँ महानगरले सुकुम्बासी बस्तीमा चलाएको डोजर प्रसङ्गलाई जोड्दै थापाले सरकारले कानुनी प्रक्रिया र मानवीय संवेदनालाई लत्याएको टिप्पणी गरेका थिए ।

साना व्यवसायीदेखि ठूला उद्योगीसम्म कसैले पनि ढुक्कसँग लगानी गर्ने वातावरण नबनेको र सरकारले आर्थिक संकुचन हटाउन ध्यान नदिएको उनले आरोप लगाए । परराष्ट्र नीतिका सन्दर्भमा पनि सरकारले राष्ट्रिय सहमति बनाउनुको साटो क्षणिक वाहवाहीका लागि मात्र काम गरिरहेको थापाको जिकिर छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
सांसदले सदनमा उठाएको विषय तत्कालै यसरी पुग्छ मन्त्री  र प्रधानमन्त्रीको टेबलमा

सांसदले सदनमा उठाएको विषय तत्कालै यसरी पुग्छ मन्त्री  र प्रधानमन्त्रीको टेबलमा

संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसदमा त बोल्छौँ, तर सुनुवाइ हुँदैन । संसदमा जनताका मुद्दा उठान गर्ने, त्यसले सञ्चारमाध्यममा पनि स्थान पाउने तर सम्बन्धित...

भर्खरै