नेभिगेशन
समाज

पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सबै पक्षलाई सहभागी हुन नेता पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नुपर्ने र आगामी १५औँ महाधिवेशनलाई विधिसम्मत ढङ्गले सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेतृत्व तहलाई सम्मान गर्न आफूहरू सधैँ तयार रहेको तर विधिको दायरा र सीमालाई कसैले पनि मिच्न नहुने स्पष्ट पारेका थिए । महामन्त्री पौडेलले पार्टीभित्र रहेका संस्थापन र इतर दुवै पक्षका नेता–कार्यकर्ताले अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

Ncell
Extreme Energy

पौडेलले सदस्यता अद्यावधिकलाई लिएर अनावश्यक भ्रम फैलाइएको उल्लेख गर्दै यसको उद्देश्य पुराना सदस्यलाई हटाउनु नभई उनीहरूको विवरण अद्यावधिक गरी एकीकृत अभिलेख तयार गर्नु रहेको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगे।
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ ।
कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्।

भर्खरै