नेभिगेशन
समाज

सय दिनमा सरकारले विश्वास जगाउने होइन, आशंका जन्माउने काम गरेको छः प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार गठन भएको १०० दिन पुग्न लाग्दा सरकारले जनतामा विश्वास जगाउनुको साटो अनेकन् आशंका र संशयहरू मात्रै जन्माउने काम गरेको आरोप लगाएका छन् ।

आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले सरकारले सार्वजनिक गरेको सय दिने कार्य हेर्दा जनतामाझ सरकारले विश्वास जनाउने भन्दा पनि आशंका जन्माउने काम गरेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनताले जुन लोकतान्त्रिक र संसदीय व्यवस्थाबाट रास्वपालाई निर्वाचित गरेर पठाए, सरकारमा पुगेपछि उनीहरूले त्यही व्यवस्था र जगलाई भत्काउने गरी महाधिवेशनबाट नीति पास गरेको भन्दै आपत्ति जनाए ।

Ncell
Extreme Energy

‘सत्तारुढ दलको सयदिन भित्र अधिवेशन भयो । आफूलाई निर्वाचित जुन विधिबाट जनताले गरे, त्यहीँ विधि भत्काउने गरी रास्वपाको अधिवेशनले नीति पास गर्‍यो । प्रत्यक्ष कार्यकारी त्यो पनि राष्ट्रपति होइन ? प्रधानमन्त्री, त्यहाँ भित्र पनि रहस्य लुकेको छ,’ उनले भने, संसदीय व्यवस्थाबाट निर्वाचित हुने दुइ तिहाइको सरकार बनाउने, अनि सरकारमा बसेर शासकीय स्वरूप परिवर्तनका लागि आफ्नो पार्टीका निर्णय गराउने ।’

रास्वपाले संघीयता खारेज गर्ने जस्ता व्यवस्था र संविधान विरोधी निर्णयहरू गरिरहेको उनले आरोप लगाए । बालेन्द्र शाह र रास्वपा नेतृत्वले चुनावका बेला एउटा र सत्तामा पुगेपछि अर्कै चरित्र देखाएको भन्दै लोकतान्त्रिक र संसदीय व्यवस्थाको बलमा आएर त्यही विचार र प्रणालीलाई  सिद्ध्याउने खेल खेलिएको भन्दै सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा संशयास्पद रहेको दाबी गरे ।

‘यो सय दिनमा जनतामा विश्वास जगाउने होइन ? आशंका जन्माउने कार्य गरेको छ । व्यवस्था विरुद्ध, संविधान विरुद्ध निर्णयहरू गरेको छ । संघीयता खारेज गर्ने कुरा गरेको छ,’ उनले भने, ‘के संघीयता खारेज गर्ने कुरा उहाँहरूले बाचा पत्रमा गर्नु भएको थियो । संघीयतावादीहरुको मत लिएर, लोकतन्त्रवादीहरुको मत लिएर अनि त्यहीँ मतको बलमा त्यहीँ विषय र विचार भत्काउने काम गर्न मिल्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
सांसदले सदनमा उठाएको विषय तत्कालै यसरी पुग्छ मन्त्री  र प्रधानमन्त्रीको टेबलमा

सांसदले सदनमा उठाएको विषय तत्कालै यसरी पुग्छ मन्त्री  र प्रधानमन्त्रीको टेबलमा

संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसदमा त बोल्छौँ, तर सुनुवाइ हुँदैन । संसदमा जनताका मुद्दा उठान गर्ने, त्यसले सञ्चारमाध्यममा पनि स्थान पाउने तर सम्बन्धित...

भर्खरै