नेभिगेशन
विदेशका कुरा

टावरको टुप्पोमा फहराएको प्रेम

काठमाडौँ । दार्शनिकहरु भन्छन्– जहाँ सीमा हुन्छ त्यहाँ प्रेमको गति धीमा हुन्छ । यस्तो प्रेम कहाँ भेटिएला ? जहाँ संसारका सबै चुनौतीका सीमा सकिन्छन्, जोखिमका जंघार टुंगिन्छन् र आफ्नो प्रेम प्रकट गर्न नव यौवनाहरु जुनसुकै साहसको सीमा मेटाउन तयार हुन्छन् । 

हालै यस्तै आङ सिरिङ्ग बनाउने कथाको संसा साक्षी बसिरहेको छ । यी वर्णनातीत प्रेम कथाका पात्र हुन् न्यूयोर्क सिटिमा बस्दै आएका रसियाली चखेवाजोडी अञ्जेला र इभान ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अञ्जेला र इभानले संसारका अग्ला अग्ला र टावरका दुर्घलंघनीय खुट्किला चढेर आफ्नो प्रेमको झण्डा फहराउँदै आएका छन् । यी दुईबीचको प्रमेको उचाइ, समपर्ण र निष्ठा भाव देखेर दुनियाँ हायलकायल भएको छ । 

Ncell
Extreme Energy

र, अहिले उनीहरू संसारभरका समाचारीय आकर्षण बनेका छन् । गत जुलाई १ मा उनीहरूले न्यूयोर्क सिटिको सबैभन्दा प्रतिष्ठित भवन इम्पाएर स्टिेट बिल्डीङ चढेर आफ्नो प्रेम जताएका छन् । सिंगै संसारलाई सोचमग्न बनाएका छन् । र, पुन एक पटक संसारलाई अञ्जिला–इभानको प्रेमले मानिसले संसारको जुनसुकै  असाधारण उचाइमा पु¥याउन सक्छ भन्ने कुरालाई व्यवहारमै देखाएका छन् । 

को हुन त अञ्जेला र इभान ?

अञ्जेला र इभानको कथा डर रोमान्स र साहसीले मात्र भरिएको छैन, उनीहरुबिचमा असाधारण निष्ठा र प्रेम प्रतिको असामान्य भक्तिभाव देखिन्छ । उनिहरुको कथानै यस्तै अनौठा संगमहरुले भरिएको छ । उनिहरु संसारभर विचरण गर्छन्, अग्ला अग्ला टावर चढ्छन्  र अद्वितिय प्रेमलाई संसारसामु देखाउँछन् । उनीहरुको रोचक र डरलाग्दो जिवन कथामा सन् नेटफ्लिक्सले ‘स्काई वाकर्सः अ लभ स्टोरी’ नामक डकुमेन्ट्री रिलिज गरेपछि जादुइ र रहस्यले भरिएको उनीहरुको कथा संसारले खोज्यो । 

अञ्जेला इभान दुबै रुसका हुन् । भनिन्छ, अञ्जेलका बुवा आमा सर्कस कलाकार थिए, सर्कसमा अनौठा हाउभाउ देखाउँदै उनीहरुले परिवारको गर्जो टार्दै आएका थिए । बाबु आमा सर्कस विधामा निपुर्ण भएकाले त्यो गुण अञ्जेलामा पनि सर्यो । उनीमा उचाइमा खेल्ने, उचाईमै हुर्कीने, उचाईसँग साइन गाँस्ने र अन्तत, उचाईमै प्रेमसँगै जीवन काट्ने संकल्प गर्ने अठोट लिने सिप विकास भयो । र प्रेमी इभानको पनि त्यस्तै कथा छ, उनी पनि रहस्यले भरिएका असाधारण क्षमतामा हुर्कीएका युवा हुन् । बाल्यकालदेखि सडक र भवनहरुमा पार्कोर र रुफटपिङ गर्थे र  आफूलाई त्यसैमा सिद्धहस्त तुल्याएका थिए । 

र उनीहरुको भेटको कथा पनि उस्तै रोचक र सनसनीपूर्ण छ । सुरुमा उनीहरु आपसका प्रतिद्वन्द्वी थिए । सामाजिक सञ्जालमा प्रतिस्पर्धा हुन्थ्यो, कसले अग्ला भवन चढ्ने, को त्यसमा टिकिरहने, कसले सबैभन्द अग्लो टावरको टुप्पामा पुगेर साहसको झण्डा फहराउने । कसलाई के थाहा,  यहि प्रतिद्वन्द्वीता अन्तिममा दुबै एकआपसमा उच्च समर्पण भावमा प्रकट हुन्छ भनेर । 

एक दिन समय यस्तो पनि आयो, उनीहरुले प्रतिद्वन्द्वीता त्यागेर सहकार्यको बाटो रोजे र ठुला भवनहरुमा सँगै चढ्ने संकल्प गरे । संयोग, यस्तो बन्यो संसारकै प्रतिष्ठित भवनको चुचुरोमा उनीहरुको प्रेम फक्रियो र संसारले त्यसको बासना थाहा पायो । 

र उनीहरुको सहयात्रका सुरुवात, चीनको ६ सय ४० मिटर अग्लो गोल्डिन भवन चढेर भएको थियो । 

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित भै छाड्यो । र यहि असाधारण शाहस उनीहरु एकआपसको परिक्षा थियो, दुबै उत्रिर्ण भए र प्रेम प्रकट भयो । 

र कथा यत्ति मात्रै छैन, उनिहरुको फोटो र भिडियो हेर्दा जो कसैको मुटुले ठाउँ छोड्न खोज्छ, शरीरका रौँ ठाडा हुन्छन् । भवनको सबै भन्दा अग्लो र बाँसको जस्तो टुप्पोमा उभिएर अञ्जेलाले इभानको हात सम्मात्दै ब्याकफिल्प गर्ने वा एक खुट्टाको साहारमा उभिने असाधारण कला देखाउँछन् , र उनीहरु भन्छन्ः आफ्नोे उद्देश्य यी भवनहरुमाथि विजयी हासिल गर्नु मात्रै होइन, यसको उचाई चुम्दै संसारलाई आफ्नो कला प्रदर्शन गर्नु हो । आफ्नो जीवनलाई कलाले भरिएको देखाउनु पनि हो । र जीवन आखिर कला पनि त हो । 

उनिहरुको जीवनमा यतिमात्रै कथा छैन, वास्तवमा उनीहरु प्याज जस्ता छन् । प्रत्येक पत्र उप्काउँदा नयाँ कथा भेटिन्छन् । र त्यसले उनीहरुलाई झन् रहस्यमय बनाउँछ । उनीहरुलाई मर्डेका ११८ मिसन पुरा गर्नुपर्ने थियो । त्यो साहसिक मिसन उनीहरुको यात्राको सबै भन्दा ठुलो जोखिम, चुनौती र दृढ संकल्पले भरिएको थियो । मलेसियाको क्वालाम्पुरमा रहेको संसारकै दोस्रो अग्लो भवन मर्डेका ११८ माथि पनि उनीहरुले विजय हासिल गरे । जुन ६ सय ७८ दशमलव ९ मिटर अग्लो थियो । यो उनीहरुले कोभिड १९ को महामारीमा मानिसहरुले मृत्यु हात पारिरहेको सन्त्रसाका बिच हात पारेको सफलता थियो । 

त्यो समयमा उनीहरुले भवनको कडा सुरक्षा र प्रतिबन्धकाबिच मजदुरको भेषमा भवन भित्र छिरेर मिसन पूरा गरेका थिए । 

यो सफलता उनीहरुले हठात हासिल गरेका होइनन्, यसका लागि २० घण्टाको अथक संघर्ष गर्नुपरेको थियो । भनिन्छ, अञ्जेला र इभानले सुरक्षाकर्मीहरुबाट बच्न, एउटा सानो कंक्रिटको डब्बा भित्र पानी र पुग्दो हावा विनानै २० घण्टा बिताएका थिए । त्यो उनीहरुको भवन माथिको विजयी मात्रै थिएन, मृत्यु माथिकै विजयी थियो । 

अन्ततः उनीहरु मर्डेका ११८ को टुप्पोमा पुगेर तस्विर खिचे, प्रेम र शाहसको झण्डा फैलाए र यो तस्विर भाइलर भएपछि मलेसियन सरकारले उनीहरुमाथि कडा निगरानी बढायो र अनुसन्धान समेत सुरु गर्यो । 

र अब पछिल्लो कथा सुनौँ, उनीहरुले १ जुलाई २०२६ मा न्यू योर्क सिटीको इम्पाएर स्टेट विल्डीङ चढेर फेरि संसारलाई आफ्नो शाहस र समर्णणको कथा सुनाएका छन् । दुनियाँ उनीहरुको कथामा मग्न छ । 
यसपटक उनिहरुले आफ्नो प्रेमको साक्षी इम्पाएर बिल्डीङलाई बनाएका मात्रै छैनन्, त्यसको अग्लो टुप्पोबाट शान्तिको सन्देश फिजाएका छन् । 

उनीहरुले भवनको टुप्पोमा पुगेर एउटा ठुलो ब्यानर फहराए, कालो रंगको उक्त ब्यानरमा प्रशिद्ध गायक जीमि हेण्ड्रीक्सको भनाई उद्धृत थियो, जसमा लेखिएको थियो, धजभल तजभ उयधभच या यिखभ दभबतक तजभ यिखभ या उयधभच, तजभ धयचमि पलयधक उभबअभ । जसको भावनुवा हुन्छ, जब प्रेमको शक्तिले, शक्तिको आशक्तिलाई जित्नेछ, तब संसारमा शान्ति छाउने छ । 

वाह ! यी दुईको प्रेम । समर्पण, निष्ठा ।

हामीले रोमियो जुलियटको मिथकिय प्रेम सुनेका थियौँ, र आज संसारले अञ्जेला इभानको प्रेम देखिरहेको छ र दृश्यबाट आस्वादित भइरहेको छ । र इम्पायर स्टेट चढ्नुको कथा पनि रोचक छ । 

सुरक्षाकर्मीले बताए अनुसार उनीहरु अघिल्लो रात नै टिकट किनेर भित्र छिरेका थिए, र रातभर भवनभित्र लुकेर बसेका थिए, भोलिपल्ट दिउँसो उनीहरुले १०४ औँ तलको प्रतिबन्धित सुरक्षा ढोकाको लक तोडे । र सिधै एन्टेना तर्फ पाइला सोझ्याए । 

उनीहरु चढेको एन्टेनाले रेडियो र टिभीको तरंग फाल्थ्यो, र त्यहाँ चढ्न ठुलो जोखिमपूर्ण थियो । उनीहरुलाई बचाउन र पक्राउ गर्नका लागि न्यूयोर्क प्रहरीले केही समयका लागि एन्टेनाको टावरको पावर नै अफ गर्नुपरेको थियो, जसै उनीहरु टावरबाट तल ओर्लीए, उनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो । उनीहरुमाथि अहिले जबरजस्ती प्रवेश, लापरवाहीपूर्ण व्यवहार र सरकारी सम्पत्ती तोडफोड जस्ता कानुनी प्रश्न तेर्साएर अनुुसन्धान भइरहेको छ । हाल अदालतबाट उनीहरु सुपरभाइज रिलिजमा छुटिसकेका छन् । 

कथा यतिमा मात्रै टुंगिएको छैन, उनीहरुले टावरको टुप्पोमा आफ्नो फक्रदै गरेको प्रेमको सुवास मात्रै छाडेनन्, सँगै यात्रा गर्ने संकल्पको बिम्ब औँठी साटासाट गरे, बाँकी यात्रा एकअर्काको परिपुरक भएर बिताउने वाचा गरे । त्यसलाई इन्गेजमेन्टको नाम दिए । र अहिले संसार उनीहरुकै प्रेम कथामा मस्त मगन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । महामन्त्री विपीन आचार्यकाअनुसार आज विहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका १० वटा एजेण्डा...
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...
आजको विदेशी मुद्राको विनिमयदर :  अमेरिकी डलरको भाउ १५३.४४  रुपैयाँ पुग्यो

आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ १५३.४४ रुपैयाँ पुग्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४...