नेभिगेशन
मुख्य समाचार

प्रतिनिधि सभामा अर्थसहित चार मन्त्रीले प्रस्ताव प्रस्तुत गर्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज विहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारजना मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

संसद सचिवालयकाअनुसार तीन वटा विधेयकसम्बन्धी र एक महासन्धीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । अनुमति पाएपछि विधेयक प्रस्तुत गर्नेछिन् । 

Ncell
Extreme Energy

यसैगरी अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले "नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको "अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।
भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर...