नेभिगेशन
समाज

नेपाल आइपुगे एडिबी अध्यक्ष मासातो कान्डा, बालेनसँग भेट्ने

आज दिउँसो ३ बजे अर्थमन्त्री डा.स्वर्णीम वाग्लेसँग भेट गर्ने

काठमाडौँ । एसियाली विकास बैङ्कका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति १० बजे काठमाडौँ आइपुगेका हुन् । 

कान्डा एक्समार्फत नेपालको महत्त्वपूर्ण घडीका बिच आफू नेपाल भ्रमणमा आएका जानकारी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

Ncell
Extreme Energy

दुइृ दिने नेपाल भ्रमणमा रहने अध्यक्ष कान्डाले मंगलबा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने छन् । कान्डा प्रधानमन्त्री बालेनले औपचारिकरुपमा भेट गर्ने पहिलो विदेश पाहुन हुने छन्। 

त्यस अघि आज(सोमबार) दिउँसो ३ बजे अर्थमन्त्री डा.स्वर्णीम वाग्लेसँग भेट गर्ने छन् । त्यसपछि नेपालमा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण तथा अनुगमन समेत गर्ने स्रोतले जनाएको छ । 

अर्थमन्त्रालय स्रोतका अनुसार कान्डाले नेपालका लागि केहि महत्त्वपूर्ण सहयोगहरुमा एडीबीकातर्पmबाट हस्ताक्षर गर्ने छन् ।

सोमबार बिहान एक्समा पोस्ट गर्दै कान्डाले आफू नेपाल निर्णायक घडीमा रहेको अवस्थामा नेपाल आएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘नेपालले पटक पटक दोहोरिइरहेका धक्काहरु र ठूलो परिवर्तनका बेलामा असाधारण उत्थानशीलता देखाएको छ । ३ अर्ब ९० करोड सक्रिय लगानी रहेको नेपालकै सबैभन्दा ठूलो विकास साझेदारको रूपमा हामीले यो उत्थानशीलतालाई दीर्घकालीन प्रगतिको रूपमा परिणत गर्न, थप अवसरहरु सृजना गर्न तथा दीर्घकालीन आर्थिक वृद्धिका आधार तयार गर्न नेपाललाई सहयोग गर्नेछौं ।’

नेपालले नयाँ अध्याय शुरु गर्दै गरेको अवस्थामा त्यसमा नेपालाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूले छलफल गर्ने पनि उनले उल्लेख गरेका छन् ।

‘नेपालको नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गर्दैछ, यो भ्रमणलाई मैले विगत ६ दशकभन्दा लामो साझेदारीका अनुभवका आधारमा देशको अर्को अध्यायलाई एडीबीले कसरी सक्छ भन्ने विषयमा सुन्ने, सिक्ने र छलफल गर्ने अवसरका रुपमा लिएको छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।
कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ।
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।