नेभिगेशन
समाज

ललिपुरमा युवतीमाथि अश्लील हर्कत, प्रहरीले थाल्यो खोजी

काठमाडौँ । बाटोमा हिँडिरहेकी एक युवतीमाथि बीचबाटामै अश्लील हर्कत गर्ने एक पुरुषको भिडियो सार्वजनिक भएको छ ।

पीडित युवतीले आइतबार साँझ टिकटकमा अपलोड गरेको भिडियो अहिलेसम्म लाखौँले हेरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको इमाडोल क्षेत्रमा साँझपख एक युवती बाटोमा एक्लै हिँडिरहेकी हुन्छिन् ।  हठात उनीमाथि एक पुरुषले अश्लील हर्कत गर्छन् । त्यसरी एक्लै हिडिरहेकी युवतीलाई बीच सडकमै ती युवकले आफ्नो गोप्य अंग देखाउँछन् । 

Ncell
Extreme Energy

वरपर सहायत पनि माग्छिन् । ती युवतीको गुहार सुनेर अर्का एक युवाले अश्लील हर्कत गर्ने युवकलाई समाउँछन् । बल्ल युवतीले राहतको सास फेर्दै माफी माग्न भन्छिन् र खुट्टा ढोगाउँछिन् । 

ती हर्कतकारीले पनि माफी माग्दै युवतीको खुट्टा ढोगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

अकस्मता आइपरेको दुर्व्यवहारजन्य घटनामा पनि युवतीले आफूलाई सम्हाल्दै गुहार माग्छीन् । उनले त्यस युवकको हर्कतको भिडियो बनाउँछिन् । 

टिकटकमा भिडियो पोस्ट गर्दै पीडित युवतीले घटना विवरणमा लेखेकी छन्,'आज म एक्लै बाटो हिँडिरहेकी थिएँ । मैले छोटो लुगा लगाएकी पनि थिइनँ, सामान्य फुल प्यान्ट र टिसर्ट लगाएकी थिएँ । तर पनि करिब ४० वर्ष जतिको एक जना मानिसले बीच बाटोमै मलाई देखेर आफ्नो लुगा खोलेर अश्लील व्यवहार गर्‍यो । साँच्चै भन्नुपर्दा, यो कुनै मजाक गर्ने कुरा होइन, न त सानो घटना नै हो । यस्तो व्यवहारले जोसुकैलाई डर, असुरक्षा र मानसिक तनाव दिन सक्छ ।'

उनले थप लेखेकी छन्, 'त्यो बेला मैले चुप लागेर बसिनँ । आफूलाई जोगाउन मैले प्रतिक्रिया दिएँ । आज पनि धेरैले महिलाको लुगालाई दोष दिन खोज्छन्, तर आजको घटनाले फेरि देखायो कि समस्या लुगामा होइन, यस्तो गलत सोच भएका मानिसहरूमा छ । म यो कुरा ध्यान खिच्नका लागि होइन, यस्ता घटना सामान्य होइनन् भन्ने कुरा सबैले बुझुन् भनेर लेखिरहेकी हुँ । सार्वजनिक ठाउँमा हिँड्दा हरेक व्यक्तिले सुरक्षित महसुस गर्न पाउनुपर्छ । यस्ता घटनाविरुद्ध सबैले आवाज उठाउन जरुरी छ।'

प्रहरीले अश्लील हर्कत गर्ने युवाको खोजी गरिरहेको जनाएको छ । प्रहरीका अनुसार पीडित युवतीले इमाडोल प्रहरीमा उजुरी दिएकी छिन् ।

त्यसपछि प्रहरीले युवतीको घटनास्थलेको पोस्ट गरेको भिडियो, सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ । 

यो घटनाले दिनदहाडै सार्वजनिक स्थलमा महिलाहरुले भोग्नु परेको यौनजन्य हर्कतको सामुन्नेमा ल्याएको छ ।  यसले शहरी शान्तिसुरक्षामा समेत प्रश्न उठाएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद्‍मा प्रधानमन्त्री बालेनको ‘सरप्राइज इन्ट्री’

संसद्‍मा प्रधानमन्त्री बालेनको ‘सरप्राइज इन्ट्री’

त्यतिबेला जस्तै आज पनि प्रधानमन्त्रीले बोल्ने हुन् कि अनुमान गरिनु नौलो होइन । ‘प्रधानमन्त्रीले आज पनि हात उठाएर बोल्न समय माग्नुहुन्छ कि भन्ने लागेको थियो’ एक सांसदले भने,...
होल्डिङ सेन्टरका सुकुम्बासी पुगे मानवअधिकार आयोगको कार्यालय (तस्बिरहरु)

होल्डिङ सेन्टरका सुकुम्बासी पुगे मानवअधिकार आयोगको कार्यालय (तस्बिरहरु)

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार...
देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना...
देशमा अहिले चरम निराशा छाएको छः डा.अमरेशकुमार सिंह

देशमा अहिले चरम निराशा छाएको छः डा.अमरेशकुमार सिंह

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताएका हुन् ।