नेभिगेशन
समाज

ललिपुरमा युवतीमाथि अश्लील हर्कत, प्रहरीले थाल्यो खोजी

काठमाडौँ । बाटोमा हिँडिरहेकी एक युवतीमाथि बीचबाटामै अश्लील हर्कत गर्ने एक पुरुषको भिडियो सार्वजनिक भएको छ ।

पीडित युवतीले आइतबार साँझ टिकटकमा अपलोड गरेको भिडियो अहिलेसम्म लाखौँले हेरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको इमाडोल क्षेत्रमा साँझपख एक युवती बाटोमा एक्लै हिँडिरहेकी हुन्छिन् ।  हठात उनीमाथि एक पुरुषले अश्लील हर्कत गर्छन् । त्यसरी एक्लै हिडिरहेकी युवतीलाई बीच सडकमै ती युवकले आफ्नो गोप्य अंग देखाउँछन् । 

Marvel

वरपर सहायत पनि माग्छिन् । ती युवतीको गुहार सुनेर अर्का एक युवाले अश्लील हर्कत गर्ने युवकलाई समाउँछन् । बल्ल युवतीले राहतको सास फेर्दै माफी माग्न भन्छिन् र खुट्टा ढोगाउँछिन् । 

ती हर्कतकारीले पनि माफी माग्दै युवतीको खुट्टा ढोगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

अकस्मता आइपरेको दुर्व्यवहारजन्य घटनामा पनि युवतीले आफूलाई सम्हाल्दै गुहार माग्छीन् । उनले त्यस युवकको हर्कतको भिडियो बनाउँछिन् । 

टिकटकमा भिडियो पोस्ट गर्दै पीडित युवतीले घटना विवरणमा लेखेकी छन्,'आज म एक्लै बाटो हिँडिरहेकी थिएँ । मैले छोटो लुगा लगाएकी पनि थिइनँ, सामान्य फुल प्यान्ट र टिसर्ट लगाएकी थिएँ । तर पनि करिब ४० वर्ष जतिको एक जना मानिसले बीच बाटोमै मलाई देखेर आफ्नो लुगा खोलेर अश्लील व्यवहार गर्‍यो । साँच्चै भन्नुपर्दा, यो कुनै मजाक गर्ने कुरा होइन, न त सानो घटना नै हो । यस्तो व्यवहारले जोसुकैलाई डर, असुरक्षा र मानसिक तनाव दिन सक्छ ।'

उनले थप लेखेकी छन्, 'त्यो बेला मैले चुप लागेर बसिनँ । आफूलाई जोगाउन मैले प्रतिक्रिया दिएँ । आज पनि धेरैले महिलाको लुगालाई दोष दिन खोज्छन्, तर आजको घटनाले फेरि देखायो कि समस्या लुगामा होइन, यस्तो गलत सोच भएका मानिसहरूमा छ । म यो कुरा ध्यान खिच्नका लागि होइन, यस्ता घटना सामान्य होइनन् भन्ने कुरा सबैले बुझुन् भनेर लेखिरहेकी हुँ । सार्वजनिक ठाउँमा हिँड्दा हरेक व्यक्तिले सुरक्षित महसुस गर्न पाउनुपर्छ । यस्ता घटनाविरुद्ध सबैले आवाज उठाउन जरुरी छ।'

प्रहरीले अश्लील हर्कत गर्ने युवाको खोजी गरिरहेको जनाएको छ । प्रहरीका अनुसार पीडित युवतीले इमाडोल प्रहरीमा उजुरी दिएकी छिन् ।

त्यसपछि प्रहरीले युवतीको घटनास्थलेको पोस्ट गरेको भिडियो, सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ । 

यो घटनाले दिनदहाडै सार्वजनिक स्थलमा महिलाहरुले भोग्नु परेको यौनजन्य हर्कतको सामुन्नेमा ल्याएको छ ।  यसले शहरी शान्तिसुरक्षामा समेत प्रश्न उठाएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...